Latest Updates :

गाँजासहित पाँच महिला पक्राउ


SHARE THIS POST :


आइतबार, भाद्र ०५, २०७३
इटहरी: धरानको विष्णुपादुका क्षेत्रबाट अवैध रुपमा लुकाइछिपाई बिक्री वितरणका लागि धरानतिर ल्याउने क्रममा अवैध गाँजासहित शनिबार पाँच महिला पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार ती पाँच महिलासँगै अरु दुई जना पुरुषलाई पनि लागुऔषधसहित हिजै पक्राउ गरिएको छ । धरान २६ मानेभञ्याङ चोकबाट धरानतिर आउँदै गरेका झोला बोकेका महिलालाई शङ्कास्पद अवस्थामा देखेपछि जाँच गर्दा उनीहरुले बोकेको झोलामा अवैध गाँजा फेला परेको प्रहरीले बताएको छ ।

पाँचैजना महिलाले झोलामा गाँजाको प्याकेट बनाएर बोकेको अवस्थामा फेला परेको गाँजा ३९ किलो रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिँदै पक्राउ परेकाहरुमा भोजपुर हसनपुरकी २५ वर्षीया दिलकुमारी राई ,धनकुटा छिन्ताङकी १७ वर्षीया सुनिता राई ,४५ की आशा राई , ५२ वर्षीया श्यामकुमारी राई र ३५ वर्षीया राजकुमारी राई पक्राउ परेका हुन् ।

यसैगरी अस्थायी प्रहरी चौकी तीनकुने धरानले धरान–१३ का १६ वर्षीय रुम्वा तामाङ र धरान–१६ का २० वर्षीय राज तामाङलाई लागुऔषध एभिल ३६ एम्पुल लुपिजेसिक ३६ एम्पुल र ३६ एम्पुल डाइजोल्यापसहित पक्राउ गरेको पनि इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानले हिरासतमा राखेर आवश्यक अनुसन्धान एवम् कानुनी कारबाही अघि बढाएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । रासस



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv