Latest Updates :

नवजात शिशु बिक्रि गरेको आरोपमा नर्ससहित ५ पक्राउ


SHARE THIS POST :

पाकिस्तानमा नवजात शिशु साटेर परिवारलाई मृत शिशु दिने गिरोह सक्रीय रहेको पाइएको छ । शिशु साट्ने गिरोहमा अस्पतालका कर्मचारी, नर्स र दलाल सक्रीय रहेको प्रहरीले जनाएको छ । पेसावरका अस्पतालमा गिरोहले भर्खरै जन्मिएका नवजात शिशु साटेर परिवारलाई मृत शिशु दिने गरेको प्रहरीको भनाई छ । सो गिरोहले स्वस्थ नवजात शिशुलाई ७० हजारदेखि ३ लाख रुपैयाँसम्म विक्री गर्ने गरेको पाईएको छ ।
पाकितानमा पछिल्लो समयमा बच्चाहरुको अपहरणमा पनि बृद्धि भएको छ । बच्चा चोरिएका अनगिन्ति गुनासा बढेको प्रहरीको भनाई छ । अस्पतालले स्वस्थ बच्चा जन्माएका आमालाई प्रसूतीको दुई तीन घन्टापछि तपाईको शिशुको मृत्यु भयो भन्दै मृत बच्चा दिने गरेको बिबिसीले जनाएको छ ।
शिशु किनबेचको आरोपमा पक्राउ पर्नेमा पाँच महिला र दुई पुरुष रहेका छन् । पक्राउ पर्नेमा एक जना नर्स, दुई जना स्वास्थ्य कार्यकर्ता र एक दलाल रहेका छन् । पक्राउ परेको समूहले ९ जना नवजात शिशु बिक्री गरेको खुलासा गरेका छन् । विक्री गरेका शिशुको उद्दार भएको बताइएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv