विषादी सेवनबाट मृत्यु
भदौ १३, गौशाला – महोत्तरी जिल्लाको धीरापुर गाविसमा विषादी सेवनबाट गएराति एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने ६० वर्षीय जीवछ दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । केही दिन अघि पत्नीको मृत्यु भएपछि एक्लै जीवन बिताउँदै आएका दासले गएराति तरकारी बारीमा हाल्ने नाम नखुलेको विषादी सेवन गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । गएराति करिब ९ बजे विषादी सेवनबाट सिकिस्त दासलाई छिमेकीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मृतक दासको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस
Post a Comment