Latest Updates :

विदेशबाट फर्कने नेपालीलाई खुसीको खबर: १०० ग्राम सम्म सुन ल्याउन दिन भन्सार विभागले थाल्यो पहल


SHARE THIS POST :

७ साउन, काठडमौं । भन्सार विभायलले विदेशबाट एक सय ग्रामसम्मको टुक्रा सुन ल्याउन व्यवस्था मिलाएन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

एक किलोग्राम सुन आयात गर्दा साना व्यापारीले सिधै वाणिज्य बैंकमार्फत खरिद गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो ।
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले नेपाल राष्ट्र बैंक र सुनचाँदी व्यवसायीसहितका छलफलबाट १ सय ग्रामको टुक्रा सुन ल्याउने सहमति भएको जानकारी दिएको आजको कारोबार दैनिकमा समाचार छ ।

सुन आयात गर्ने अधिकार वाणिज्य बैंकलाई मात्र दिएपछि उनीहरुले १ किलोग्रामको ढिक्का सुन मात्र ल्याउने गरेका छन् ।
बैंकले सुनको ढिक्का नकाट्ने भएकाले स साना सुनचाँदी व्यपारीले ठूलो व्यापारीमार्फत खरिद गर्दै आएका छन् ।

पछिल्लो समय सुनको आयात घट्दै शून्य पुगेपछि विभागले चासो देखाएको हो ।

वैदेशिक रोजगारीबाट फर्केका यात्रुले काँचो सुन ल्याउन नपाउने व्यवस्था गरे पनि सुन आयात अझै शून्य नै छ । विदेशबाट फर्केका व्यक्तिले ल्याएको सुन व्यवसायीले खरिद गरेको आशंकामा सरकारले व्यक्तिलाई काचो सुन ल्याउन पूर्ण प्रतिवन्ध लगाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv