Latest Updates :

११५ केजी गाँजा र पेस्तोलसहित एक पक्राउ


SHARE THIS POST :


९ भदौ- सप्तरी। सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी लागुऔषध गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले बुधबार सप्तरीको मल्हनवा–१ बस्ने छोटीलाल भण्डारी मालीको घरबाट ११५ केजी लागुऔषध गाँजा र एउटा सिक्सर पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । साथै, प्रहरीले उनलाई पक्राउसमेत गरेको बताइएको छ ।

 प्रहरीको टोलीले उनकै घरमा लुकाइराखेको नौवटा बोरामा प्याक गरिएको ११५ केजी गाँजा र एउटा सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । त्यस्तै, प्रहरीले दुईवटा नोकिया र एउटा लाभा मोबाइलसमेत फेला पारेको छ । पक्राउ परेका भण्डारी मालीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv