Latest Updates :

यस्तो बन्दैछ २४५ फिट अग्लो अत्याधुनिक धरहरा, हेर्नोस् विस्तृत डिजाइन (भिडियो सहित)


SHARE THIS POST :

काठमाडौं, साउन १७ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएको काठमाडौंको सुन्धारास्थित धरहराको पुनःनिर्माण गरिने भएको छ । सरकारले धरहराको पुनःनिर्माणको नक्सासहित नयाँ डिजाइन पनि सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको भनाइलाई आधार मान्ने हो भने अबको तीन वर्षभित्र भूकम्पले भत्किएको धरहरालाई यथावत् राखी यसकै अघिल्तिर थोरै दक्षिणपट्टि भागमा २ सय ४५ फिट अग्लो नयाँ धरहरा बनेछ।

नयाँ बन्ने धरहराको स्वरुप बाहिरबाट हेर्दा भूकम्पअघिकै धरहरा जस्तै देखिएपनि त्यो अत्याधुनिक हुनेछ । बाहिरबाट ११ तलाको देखिने धरहरा भित्र भने २२ तल्लाको हुने बताइएको छ । यसरी बन्ने धरहराको मुख्य प्रवेशद्वारा हालको गोश्वारा हुलाकअगाडिको आकाशेपुलभन्दा केही मिटर उत्तरतर्फ रहनेछ । गाडीको हकमा भने धरहरालाई दाहिने पार्दै एउटा बाटो हालको गोश्वारा हुलाकमुनि निर्माण हुने तीनतले पार्किङस्थलमा पुग्नेछ।

गोश्वारा हुलाक कार्यालय रहेको ठाउँमा जमिनमुनि तीनतलाको गाडी तथा मोटरसाइकल पार्किङस्थल बनाइनेछ भने त्यसको माथि विभिन्नखाले पसल तथा रेस्टुरेन्टलगायत सन्चालन गरिने योजना छ । धरहरामा प्रवेश गर्ने मुख्यढोकामा पानीको अत्याधुनिक फोहोरा निर्माण गर्ने योजना सरकारको छ । यसअघि, भर्‍याङरुपी खुड्किला चढेर धरहरा जाने गरिएको भएपनि अब भने लिफ्टबाटै सीधै धरहरा प्रवेश गर्न मिल्ने व्यवस्था गरिने छ।

तर, आकस्मिक अवस्थाका लागि खुड्किला पनि राखिने योजना पनि सार्वजनिक गरिएको छ । धरहराको २०औं तलामा पुगेपछि धरहराको बाहिर निस्केर काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न सकिने गरी नक्सा र ‘ग्राफिक्स’ बनाइएको छ । हाल ५ रोपनी क्षेत्रफलमा रहेको धरहरालाई आधुनिक ढंगले पुनःनिर्माण गर्दा जमिन अपुग हुने भएपछि सरकारले हाल गोश्वारा हुलाक कार्यालय रहेको ठाउँको जमिन, टक्सार विभागको जमिन, नेपाल बैंक तथा सुन्धारा रहेको सबै जमिन अब धरहरा क्षेत्रभित्र नै प्रयोग गर्ने गरी लिइसकेको छ ।  (विस्तृत भिडियोमा)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv