Latest Updates :

प्रचण्ड सरकारका मन्त्रीमा श्रीमतीहरुको लर्को..


SHARE THIS POST :

काठमाडौं, १७ साउन ।
 कांग्रेस–माओवादी गठबन्धन सरकारमा मन्त्री हुन मधेशी मोर्चामा आवद्ध पार्टीका नेताहरु आतुर रहेका छन्, दृष्टीन्यूजले लेखेको छ । उनीहरु संविधान संशोधन गर्ने प्रस्ताव संसदमा दर्ता गरी मन्त्री हुने बाटोको खोजीमा छन् । पहिलो चरणमा उनीहरु मन्त्री हुने संभावना कम छ । संविधान संशोधनको प्रस्ताव दर्ता हुनासाथ वा सरकारले दर्ता गर्ने आश्वासन दिनासाथ उनीहरु सरकारमा जाने पक्का जस्तै छ ।

जनआन्दोलन २०६२/०६३ पछि लगातार बाणिज्य तथा आपूर्ति मन्त्री र २०६४ को संविधानसभा चुनावपछि स्वास्थ्य मन्त्री भएका राजेन्द्र महतो सांसद नभएका कारण श्रीमती शैलदेवीलाई मन्त्री बनाउने पक्षमा छन् । मधेशवादी दलमा जो मन्त्री भयो, शक्ति उसकै वरिपरि घुम्ने भएकाले पनि महतो लक्ष्मणलाल कर्ण वा अरु कसैलाई मन्त्री बनाउने पक्षमा छैनन् । श्रीमतीलाई नै बनाउने पक्षमा छन् । सोमबारको साँघु साप्ताहिकमा समाचार छ, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पनि श्रीमती सरिता यादवलाई मन्त्री बनाउने दाउमा छन् । तर उनको एकसिटे पार्टीले मन्त्री पाउन कठिन छ ।

संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा पनि श्रीमती डिम्पल झालाई मन्त्री बनाउने सोचमा छन् । उनको पार्टी पनि एकसिटे नै हो ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सम्धिनी इन्द्रा झालाई सांसदले मात्र नपुगेर मन्त्री नै बनाउने योजनामा छन् । तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्ल मन्त्रीका प्रबल दाबेदार हुन् । तर शुक्ललाई मन्त्रीबाट रोक्न हृदयेश त्रिपाठी पार्टी नै सरकारमा नजाने भन्न थालेका छन् । राष्ट्रिय मधेश समाजवादी पार्टीका शरदसिंह भण्डारी निर्जला राउतलाई मन्त्री बनाउने पक्षमा छन् ।

मधेशी मोर्चाले आफ्ना श्रीमती र प्रेमिकालाई मन्त्री बनाउने सर्तमा ११ बुँदा हुन् कि १६ बुँदा सबै छाडेर मधेशी जनताको छात्तीमा टेक्दै सत्तामा जाने निश्चित भएको छ । मधेशी जनताको रगतमा होली खेलेर स्वास्नी, प्रेमिकालाई समानुपातिकमा सांसद बनाएका र अहिले मन्त्री बनाउने खेलमा लागेका मधेशी मोर्चाको आन्दोलन सिर्फ सत्ता बाहेक केही होइन भन्ने कुृरा फेरि प्रकट भएको छ ।

त्यसो त श्रीमती र प्रेमिका मन्त्री बनाउनेमा यो सरकारका रचनाकार कांग्रेस सभापति शेरबहादुर देउवा पनि सामेल भएका छन् । उनले पत्नी आरजु देउवालाई परराष्ट्र मन्त्री बनाउने सुरमा रहेका छन् । स्वयं आरजुले पनि परराष्ट्र मन्त्री हुनका लागि आफ्ना विश्वासपात्रहरुमार्फत् दबाब दिन थालेकी छिन् । कांग्रेसमा कोइराला परिवारको परिवारवादविरुद्ध लड्ने साहसी महिला आरजुलाई मन्त्री बनाउनुपर्छ भन्दै नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलहरु बोल्न थालिसकेका छन् । उनीहरुले आरजुको चाहनामा उनलाई मन्त्री बनाउनुपर्छ भनेर सार्वजनिक रुपमा बोल्न थालेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv