Latest Updates :

१२ वर्षीय बालकको अस्पताल ले भर्ना लिन नमान्दा बाबुको काँधमा ज्यान गुमाउनु पर्यो


SHARE THIS POST :


एजेन्सी- सरकारी अस्पतालको चिकित्सकले बिरामीलाई भर्ना लिन नमान्दा भारतको उत्तर प्रदेशमा एउटा बालकले आफ्नो बाबुको काँधमा ज्यान गुमाउनु परेको छ । लाला राजपत राय अस्पतालको आकस्मिक कक्षमा खटिएका कर्मचारी तथा चिकित्सकले सुनिल कुमार नाम गरेका एक पिताले आफ्नो १२ वर्षिय छोरा अंशलाई भर्ना लिइदिन गरेको आग्रह अस्विकार गर्दा युवाको मृत्यु भएको समाचार भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् । लाला राजपत राय अस्पताल भारतमै नाम चलेको अस्पताल हो ।

अस्पतालको अर्को छेउमा रहेको २५० मीटर टाढाको बाल बिभाग सम्म पुर्याउन स्ट्रेचर माग्दा समेत आकस्मिक कक्षमा खटिएका कर्मचारी तथा चिकित्सकहरुले नदिदा बालकको मृत्यु समाचार पढेर भारतमा खैलाबैला मच्चिएको छ । अस्पतालको आकस्मिक कक्षमा खटिएका चिकित्सकको लापरबाही र काँधमा आफ्नो बिरामी छोरालाई बोकेर बाल बिभागमा लाने क्रममा छोराको बाटोमै मृत्यु भएको समाचारले भारतमा सर्वसाधारण सँग अस्पतालले गर्ने व्यबहारको चर्को बिरोध भएको छ । अंशलाई आइतबारदेखि ज्वरोले सताएको थिायो । सानो अस्पतालमा भन्दा ठूलो अस्पतालमा राम्रो उपचार हुने विश्वासका साथ कुमारले आफ्नो छोरालाई लाला राजपत राय अस्पतालमा पुर्याएका थिए । "मैले आकस्मिक कक्षमा खटिएका चिकित्सकहरुलाई मेरो छोरालाई चेकजाँच गरिदिन र भर्ना लिन अनेक बिन्ति भाउ गरें तर तिनीहरुले मेरो कुरा सुन्न समेत चाहेनन् । मेरो छोरालाई बाल बिभागमा लान भन्नलाई मात्रै पनि तिनीहरुले करिब आधा घण्टा समय त्यसै बिताए," मृतका बाबु कुमारले आँखाबाट आँशु झार्दै भने । बाल बिभागमा बाबुले आफ्नो छोरालाई काँधमा बोकेर पुर्याउँदा त्यहाँ उपलब्ध चिकित्सकले छोराको मृत्यु भैसकेको घोषणा गरे । मृत छोराको लाशलाई कुमारले पुन पोको पारेर काँधमा बोके र आफ्नो घरतिर लागे । अस्पतालका कसैले उनको सहयोग गरेन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv