माओवादीमा मन्त्री नपाए आत्महत्या सम्मको चेतावनी ! ५ मन्त्रीका लागि ११ जनाको लुछाचुडी
२८ साउन, काठमाडौं ।
प्रचण्ड प्रधनमन्त्री बनेको एकहप्ता भन्दा वढी वितिसक्दा पनि मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन् । सरकारले पुर्णता नपाउँदा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सकसमा छन् । सबैभन्दा संकट पनि माओवादी केन्द्रलाई नै परेको छ । यहाँसम्मकी माओवादीका वाकि ५ मन्त्रालयका लागि ११ जना आकांक्षी छन् । माओवादी हेडक्वार्टर स्रोतका अनुसार कतिपयले मन्त्री नपाए आत्महत्यासम्मको चेतावनी समेत दिन थालेका छन् । मन्त्रालय बाँडफाडमा नेपाली कांग्रेसलाई उपप्रधानमन्त्रीसहित १३ र माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ९ को सहमति भएपनि दुबै दलका नेताहरुले पार्टीभित्र धेरैको दावि भएपछि पुर्णता दिन सकिरहेका छैनन ।
प्रधानमन्त्री प्रचण्ड पनि यतिबेला चर्को दवावमा छन् । आफ्नो भागमा परेका ९ मन्त्रालय अन्तर्गत ४आफुसहित उपप्रधान तथा अर्थ कृष्णबहादुर महरा, खेलकुदमा दलजित शेर्पाली तथा कृषिमा गौरीशंकर थारु गरी यसअघि नै मन्त्रीपरिषदमा सहभागी भइसकेका छन् । अब माओवादीको भाग ५ मन्त्रालय बाँकी छन् । माओवादी हेडक्वार्टर स्रोत बाँकी ५ मन्त्रालयमा ११ नेताको दावि रहेको बताउँछ । मन्त्रीपरिषद समावेशी बनाउनुपर्ने र पठाउनुपर्ने अर्को वाध्यतामा प्रचण्ड छन् । एकातिर दलित र थारुको प्रतिनिधित्व भएपनि महिला, मधेसी, जनजातिको प्रतिनिधित्वको लागी माओवादी केन्द्रमा सशक्त आवाज उठेको छ । सबैभन्दा वढी समानुपातिकताको कुरा गर्ने माआवादीले ८ जनामा एकजना पनि महीला मन्त्री नपठाउदा अर्को फसाद माओवादीलाई पर्न सक्छ । माओवादी केन्द्रका दावेदार १ नं. प्रदेशबाट माओवादी केन्द्रका कार्यालय सदस्य तथा समानुपातिक संसद राम कार्की, पाँचथरका समानुपातिक सभाषद तथा जनजाति नेता श्रीप्रसाद जगेबु र मोरङ ४ बाट प्रत्यक्षी निर्बाचित मधेसी नेता शिवकुमार मण्डलको दावी छ । कार्की माओवादी उच्च तहका नेता हुन् भने यसअघि सरकारमा कुनैपनि जिम्मेवारीमा अवसर पाएका छैनन् । जगेबुले आफुलाई जनजाति कोटाबाट र मण्डलले मधेसी कोटाबाट दावी गर्दै आएका छन् । यस्तै प्रदेश नं २ बाट रौतहटको २ नं. क्षेत्रबाट प्रत्यक्ष निर्बाचित प्रभु शाह र जनकपुरका समानुपातिक संसद राम सिहंको दावी छ । दुबै संसदका मधेसी कोटाबाट सशक्त दावी छ । यता ३ नं. प्रदेशबाट प्रतिनिधित्व भन्दै चितवनका समानुपातिक संसद डिआर पौडेलको दावेदारी छ ।
उनी केही वर्षअघि पार्टी एकतामा नारायणकाजी श्रेष्ठसँगै प्रवेश गरेका हुन् । ४ नं. प्रदेश तथा पार्टीका उच्च नेता हितराज पाण्डे गोरखा २ बाट प्रत्यक्षी निर्बाचित संसद हुन् । प्रदेशबाट नै अघिल्लो सरकारमा सहभागीता नभएको र यो सरकारमा समेत सहभागीता नहुने भन्दै ४ नं. प्रदेशले पाण्डेको पक्षमा लविङ गरिरहेको छ । सल्यान क्षेत्र नं. २ का संसद तथा पार्टी नेता टेक बहादुर बस्नेतको यो पटक सशक्त दाबेदारी रहेको छ । उनै पहिलो तथा दोस्रो संविधानसभाको चुनावमा दूबैपटक प्रत्यक्ष निर्बाचित भएका हुन् । महिलाका तर्फबाट मन्त्रीपरिषदमा सहभागीता नभएको भन्दै माओवादीको महिला संगठन नै प्रतिनिधित्वको दावीमा छ । सुर्खेतबाट समानुपातिक संसद सिता नेपाली अर्की दावेदार हुन् । ६ नं. प्रदेश अर्थात कर्णालीबाट प्रतिनिधित्वको सबाल उस्तै छ । कालिकोटबाट प्रत्यक्ष निर्बाचित महेन्द्र शाही कर्णलीको प्रतिनिधित्वको हिसाबले आफुले पाउनुपर्ने दावी गरिरहेका मात्रै छैनन् कर्णालीको सिङगो पार्टी कमिटि उनको दावीमा सहमत समेत छ । यी ५ जसले फेसबुकबाट वधाई पाए ५ जना नेता तथा संसदहरुले फेसबुकमा मन्त्री नियुक्ती हुन लागेको भन्दै वधाई समेत ग्रहण गरिसकेका छन् । राम कार्की, प्रभु शाह, हितराज पाण्डे, जनार्दन शर्मा र डिआर पौडेल ले सबैतीरबाट बधाइ खाइसके । यस्तो अवस्थामा प्रचण्ड निकै दवाव र प्रभावमा छन् ।
Post a Comment