Latest Updates :

राजा महेन्द्रले नेपालमा भारतको दवाब आवश्यक छैन भन्ने देखाउन लिएका पाँच निर्णय यस्ता थिए


SHARE THIS POST :


काठमाडौं,नेपाल–भारत प्रबुद्ध समूहमा भारततर्फका सदस्य महेन्द्र पी. लामाले राजा महेन्द्रका पाँच निर्णयले नेपालमा भारतको प्रभाव कम भएको तर्क अगाडि सारेका छन् । हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा सोमबार ‘भारतले तय गर्नै पर्ने हिमालयका विषयमा नयाँ नीति’ शीर्षकमा एक लेख लेख्दै लामाले पाँच तर्क उल्लेख गरेका हुन् ।

राजा महेन्द्रले २०१७ सालमा १९ महिना कलिलो प्रजातन्त्र हरण गर्दैै पञ्चायती व्यवस्था लागू गरे । त्यसपछि उनले यस्ता पाँच निर्णय गरे जसका कारण नेपालमा चीन प्रवेश गर्यो र भारतको प्रभाव कम भयो । नेपालमा भारतको मामिला आवश्यक छैन भन्ने देखाउन महेन्द्रले लिएका पाँच निर्णय यस्ता थिएः

 १. राजा महेन्द्रले छिमेकी भारत र चीनलाई बराबरको महत्व दिने निर्णय गरे । उनले पहिलो पटक चीनलाई नेपालमा प्रवेश गराउँदै काठमाडौं–कोदारी राजमार्ग निर्माणको जिम्मेवारी चीनलाई दिए । जसले नेपाल चीनसँग जोडिन सक्थ्यो । त्यसपछि भारतले त्रिभुवन राजमार्ग निर्माण गर्यो । जसबाट काठमाडौं भारतसँग जोडियो ।

 २. दोस्रो काम राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग निर्माण गरे । यो कार्यले नेपालका दुई अति दुर्गम स्थानहरु आपसमा जोडिन पुगे । (पूर्व–पश्चिम राजमार्ग बनेको भए नेपालीहरु आफ्नै परिधिमा रमाउन थाले । भारतसँग धेरै मतलव भएन । जसका कारण भारतको प्रभाव घटेको लेखकको विश्लेषण हुनुपर्छ ।)

 ३. राजा महेन्द्रले पहाडका मानिसहरुलाई तराईमा बस्न उत्साहित गरे । मधेसीसँगको ‘काउन्टर–ब्यालेन्स’का लागि उनले त्यस्तो गरेका थिए । मधेसी भनेका भारतीय मूलका हुन ।

 ४. राजा महेन्द्रले गरेको चौथो काम भनेको नेपाली रुपियाँलाई भारतीय रुपेएसँगको विनिमयदर निश्चित गरे । नेपाली रुपैयाँलाई नेपालभर प्रयोग बाध्यकारी गराए । राजा महेन्द्रको यो कदमबाट नेपाली मुद्रा ठूला जोखिमहरुबाट मुक्त भयो ।

 ५. अन्ततः राजा महेन्द्रले सन १९६२ मा संविधानको मस्यौदा तयार पारे । जसबाट पञ्चायती व्यवस्था सुरु भयो । जसले नेपालमा धार्मिक रुपमा पनि राजतन्त्रको महत्व स्थापित गर्न सघाउ पुर्यायो ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv