दुई महिनासम्म निलेको ४० वटा चक्कु भारतका एक व्यक्तिको पेटबाट डाक्टरहरुले अपरेसन गरि निकालेका छन्।‘यी व्यक्ति धातु खान निकै व्यग्र रहेछन्। हामी अनुभवी सर्जनहरुमा पनि यो कुराले निकै डर पैदा गर्छ,’ अपरेसनमा संलग्न डाक्टर जतिन्दर मल्होत्राले भने।
आफुले २० वर्षको कार्यअवधिमा यस्तो अहिलेसम्म नदेखेको बताउँदै सानो गल्तिले पनि बिरामीको मृत्यु हुनसक्ने खतरा रहेकाले निकै संवेदनशील अपरेशन गरेको यी डाक्टर बताउँछन्।डाक्टरको टिमलाई डाएग्नोसिन देखि अपरेसनको योजना बनाउन दुइ दिन लागेको थियो।

अमृतसरमा शुक्रबार यो अपरेसन पाँच घण्टासम्म चल्यो। यी व्यक्तिले निलेका सबै चक्कु फोल्ड गर्न मिल्नेखालका छन्, खोल्दा सात इञ्चसम्म लामो हुन्छ।
४२ वर्षिय यी चक्कु निल्ने व्यक्तिले कतिपय चक्कु फोल्ड गरेर निलेका थिए त कतिपय फोल्ड नगरिकनै निलेका थिए। अपरेसन गरेर निकालिएको चक्कुमा कतिपयमा खिया समेत लागेको छ भने कतिपय भाँचिएको डाक्टरले बताएका छन्।
स्वादले गर्दा आफुले चक्कु निल्न सुरु गरेको र अन्यलाई रक्सीको लत लागेझै आफुलाई यसको लत लागेको बताउने यी व्यक्तिले अपरेसन पछि आफु नयाँ भएको भन्दै अब चक्कु ननिल्ने बताएका छन्। एजेन्सी
Post a Comment