Latest Updates :

साढे चार वर्षदेखि नेपाली युवकको शव साउदीमा,‘उपराष्ट्रपतिसम्मलाई भेटेर गुनासो गरे तर छोराको शव आएन


SHARE THIS POST :

बाँकेः वैदेशिक रोजगारीमा साउदी अरब गएका बाँके सीतापुर ७ का हर्षमान खत्रीको मृत्यु भएको साढे चार बर्षमा समेत शव आउन सकेको छैन् ।  २० बर्षको उमेरमै हर्षमान सन् २०१० मा दिल्ली हुदै साउदी अरब पुगेका थिए ।
सन् २०१२  मार्च ३ गते सडक दुर्घटना हर्षमानको मृत्यु भएको थियो ।  तत्कालिन समयमा साउदीमा नै रहेका बाबु वीरबहादुर खत्रीलाई गाडि चालकले हर्षमानको सडक दुर्घटनामा मृत्यु भएको जानकारी गराएको थिए।
खत्री परिवारले चार बर्ष छोराको शव कहाँ छ भन्ने जानकारी समेत पाएन। बाबु बीरबहादुरले भने, ‘हामीलाई त लागेका थियो साउदी पुलिसले कही फालिदियो होला तर  एकाएक बैशाखमा जानकारी आयो, शव लानु नत्र हामी मुस्लिम संस्कार अनुसार दाहसंस्कार गरिदिन्छौँ ।’
अहिले हर्षमानको शव साउदी अरबको अलहासा अस्पतालमा रहेको जानकारी आएको छ ।  शव ल्याउन खर्च धेरै लाग्ने भएपछि अहिलेसम्म छोराको शव ल्याउन नसकेको वीरबहादुरले बताए । छोराको शव ल्याइदिन माग गर्दै दुई पटक वीरहादुर सिंहदरबार पुगि सकेका छन् । साउदी राजदूतावासबाट चिठी आएको चार महिना भइसक्दा समेत छोराको शव ल्यान नसकेको वीरबहादुरले गुनासो गरे ।
पत्र आउने वित्तिकै वैदेशिक रोेजगार प्रर्वद्धन बोर्ड, गृह मन्त्रालय,  परराष्ट्र मन्त्रालयसम्म पुगेर शव ल्याइदिन आग्रह गरेको उनले बताए । पहिलो पटक प्रयास असफल भएपछि दोस्रो पटक परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अर्थमन्त्रालयदेखि उपराष्ट्रपति नन्दकिशोर पुनसम्म पुगेर शव ल्याइदिन आग्रह गरेको बीरबहादुर सुनाउछन् ।
‘अर्थमन्त्री कृष्णबहादुर महरा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बलदेव, उपराष्ट्रपति पुनलाई प्र्रत्यक्ष भेटेर छोराको शव ल्याउने व्यवस्था गरिदिन आग्रह गरि सकेको छु’, बीरबहादुरले भने ।
सबैले सरकारले शव ल्याउन खर्च उपलब्ध गराउने आश्वासन दिएको भए पनि शव अझै ल्याउन नसकेको उनले सुनाए । बीरबहादुर ११ दिन काठमाडाँै बसेर छोराको शव ल्याउने चाँजो पाजो मिलाएर फर्किका छन् । ‘छोराले पैसा लिएर आउला भनेको त शव समेत आएको छैन’, गहभरी आँसु पार्दै आमा नैनसरा बुढा क्षेत्रीले भनिन्, ‘एजेण्टले काठमाडौँ हुँदै लान्छु भन्थ्यो, दिल्ली हुदै लगेछ ।’
अहिले आफन्त र परिवार हर्षमानको शवको प्रतिक्षामा रहेका छन् । कान्छो छोरा समेत वैदेशिक रोजगारिमा नै भएकोले हाल घरमा हर्षमानका बाबु आमा मात्रै छन् ।
सरकारले १५ दिन भित्र शव आउने जानकारी दिएको बाबु वीरबहादुर बताए । ‘बढीमा १५ दिनसम्ममा शव आउछ भनेका छन्, खै !’, बीरबहादुरले भने ।
वीरबहादुरले छोराको शव ल्याउनको लागि घरमा भएका एकहल गोरु समेत बेचेका छन् । ‘छोराको लागि हिडेको हिडै गर्नुपर्छ, गोरु कसरी पाल्ने, अनि बेचिदिएँ’, उनले भने ।
लामो समयसम्म छोरा शवबारे केही जानकारी नपाएपछि  बीरबहादुरले भने कुशकाे शव बनाएर काजक्रिया गरिसकेका छन् । ‘धेरै इमेलबाट निवेदन पठाएँ, राजदुतावासले शव कहाँ छ बताउन सकेन, पुलिसले लग्यो भन्यो तर पुलिस ब्याज देऊ भनेको दिन सकेन, केही पत्ता नलागेपछि  कुशको लास बनाएर काज क्रिया गरेँ,’ वीरबहादुरले भने  ।
छोराको काजक्रिया गरिसकेको भए पनि बीरबहादुर र नैनसरा छोराको शव भएको खबर सुनेपछि मृत छोराको प्रतिक्षामा छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv