Latest Updates :

साँझमा मुस्काउँदै चिहानमा फोटो खिचिन्, बिहानै दुर्घटनामा ज्यान गुमाइन्


SHARE THIS POST :


नयाँदिल्ली, ११ भदौ ।

   यो एउटा नियोजित संयोग मात्रै हो, त्यसको अलाबा अरु केही पनि होइन ।भारतको राजधानी नयाँ दिल्लीमा एयर होस्टेस शाकम्भरी जुत्शीले बिहीबार साँझ एक चिहानमा मुस्कुराउँदै आफ्नो फोटो फेसबुकमा हालिन् । शुक्रवार बिहानै सडक दुर्घटनामा उनको ज्यान गयो ।

शाकम्भरी एयर इन्डियामा एयरहोस्टेस थिइन् । एयर इन्डिया कोलोनीमै उनी बस्थिन् । दिल्ली एयरपोर्ट गइरहेका बेला उनी दुर्घटनामा परिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीकै वसन्त कुञ्जको रजोकरीमा उनी सवार कारलाई ट्रकले ठक्कर दियो ।

पुलिस तत्कालै घटनास्थलमा पुग्यो । ट्रकले ठक्कर दिएको ठाउँमा अन्य गाडी पनि क्षतिग्रस्त थिए । पुलिसले घाइतेहरुलाई तत्कालै स्पाइनल इन्जुरी सेन्टरमा लग्यो । ३६ वर्षीय शाकम्भरीको त्यहीँ मृत्यु भयो ।

शाकम्भरीले बिहीबार साँझ फेसबुकमा एक तस्बिर हालेकी थिइन् । जुन फोटोको पृष्ठभूमिमा एक चिहान देखिएको थियो । उनी एक बेन्चमा बसेकी थिइन् । उनले मुस्कुराउँदै पछाडि हेरिरहेकी थिइन् ।

उनले चिहान अगाडि खिचेको फोटोमा कमेन्ट गर्दै उनका साथीहरुले धेरै सुन्दर देखिइरहेकी छौ भनेका थिए । केहीले उनको मुस्कान साह्रै प्यारो देखिएको भन्दे कमेन्ट गरेका थिए ।

उनका केही साथीहरुले यही फोटोमा चिहानको फोटो आफूहरुलाई मन नपरेको पनि बताएका थिए । र, उनीहरुलाई शाकम्भरी चिहान भएको स्थानबाट अन्यत्र जान पनि सुझाएका थिए ।

तर शुक्रबार उनको ज्यान गएपछि साथीहरु त्यही फोटोमा 'हार्दिक श्रद्धाञ्जली (रिप) लेखिरहेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv