Latest Updates :

संसदमै किन रोए प्रचण्ड ?


SHARE THIS POST :

काठमाडौं, साउन १९ ।
प्रधानमन्त्री बन्ने निश्चित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमै रोएका छन् ।

प्रधानमन्त्रीय निर्वाचनमा उम्मेदवारीको सूचना दर्ता गर्दै प्रचण्डले आफू सामान्य किसानको छोरो भएको भन्दै प्रचण्ड संसदमै रोए । भावुक भएका प्रचण्डले भने, “मैले कहिले पनि कल्पना गरेको थिइन् एक सामान्य किसानको छोरोले प्रधानमन्त्री बन्ने कुरा सोंच्ने कुरा पनि भएन” ।

प्रचण्डले आफू प्रधानमन्त्री बन्ने कल्पना नै नगरेको र अहिले समय क्रममा आफै भएको भन्दै आँशु झारे । आफूलाई कतिपयले अस्थिर भन्ने गरेको सबै कुरा हेक्का भएको भन्दै प्रचण्डले आफूले स्कुल पढउँदा नै जनताको हितमा लागेको दावी प्रचण्डले गरे ।

ओलीप्रति लक्षित गर्दै प्रचण्डले भने, “तपाइँहरु आफै सोंच्नुस् मेरो अस्थिरताले तपाइँहरुलाई नै धेरै फाइदा भएको छ । यो त इतिहास र जनताले मूल्याङ्कन गर्ने कुरा हो” ।

एउटा विद्रोहको चेेतनाले मलाई एउटा युद्धको नायक बनाएछ, “म नेपालका सबै अधिकारविहिनीहरुको नेता भएँछु, मैले सोंचेको थिइन यो आफै भएको हो । म बनाइएको हो” प्रचण्डले गला अवरुद्ध पार्दै भने ।

भावुक बनेका प्रचण्डले आफूले जीवनमा धेरै राम्रा काम र भुलपनि गरेको स्वीकार गर्दै प्रचण्डले आफ्नो तथाकथित अस्थिरताका कारण लडाकु समायोजन देखि शान्ति प्रक्रियाका सबै कुराले देशलाई फाइदा नै भैरहेको भन्दै ओलीले अवका दिन पनि सबै मिलेर अघी बढ्नु पर्ने बताए ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv