Latest Updates :

तपाईको रक्त समूह ‘ओ’ छ भने विचार गर्नुस् है, हैजाको आक्रमणमा पर्नुहोला हालसालै गरेको एक अध्ययनबाट ‘ओ’ रगत समूह भएका व्यक्तिमा हैजाको संक्रमण चाँडै हुने


SHARE THIS POST :

के तपाईको रगत ‘ओ’ समूहमा पर्छ ? पर्छ भने बेलैमा विचार पुर्‍याउनुहोला । हैजाले अरुलाई नभएर ‘तपाईलाई नै लैजा’ पनि भन्न सक्छ । किनकी अनुसन्धानकर्ताहरुले हालसालै गरेको एक अध्ययनबाट ‘ओ’ रगत समूह भएका व्यक्तिमा हैजाको संक्रमण चाँडै हुने पत्ता लगेको ।अनुसन्धानकर्ताहरुका अनुसार अन्य रगत समूहका मानिसको तुलनामा ‘ओ’ रक्तसमूह भएका मानिसको आन्द्रामा रहने कोषिकाको अणुमा हैजाको विषाणुले एक प्रकारको उच्च सांकेतिक तरंग उत्पन्न गराउँछ रउच्चस्तरको तरंगित अणुले पानी तथा शरीरमा भएका अन्य पदार्थलाई बाहिर निकाल्छ, जसलाई अर्को शब्दमा हामी पखाला पनि भन्ने गर्छौ । यस प्रकारको हैजामा गम्भीर पखाला लाग्ने गर्छ, जसले शरीरमा पानीको कमी गराई मानिसको मृत्युसमेत हुनसक्छ ।

 ‘हामीले यहाँ देखाउन खाजेका छाैं कि रक्तसमूहको प्रभावका कारण हैजाका जिवाणुले कसरी आन्द्राको कोषिकामा रहेका अणुहरुलाई सकि्रय बनाइ पखाला गराउँछ’ सेन्ट लइस्स्थित वासिङ्गटन विश्वविद्यालय स्कुल अफ मेडिसिनका उप-प्राध्यापक तथा अध्ययनका सिनियर लेखक जेम्स फ्रिलकेन्स्टिन भने । विश्वमा हरेक वर्ष हैजाका कारण १ लाख देखि १ लाख २० हजार मानिसले ज्यान गुमाउनुका साथै वाषिर्क तीन देखि पाँच मिलियन मानिस हैजाबाट संक्रमित हुने गर्दछन् । त्यसमध्ये अधिकांश भारतीय उपमहाद्धीपका रहेका छन्, जहाँ शताव्दीयौंदेखि ‘हैजा’ माहामारीको रुपमा फैलिएको छ । हैजाको संक्रमण भिवि्रयो कोलेरा नामक जिवाणुले हुने गर्छ, जसले सीधै सानो आन्द्राको कोषिकामा असर पार्ने गर्छ । करिब चार दशक अघि नै इपिडिमियोलोजिस्टहरुले पहिलोपटक ‘ओ’ रक्तसमूह भएका मानिस अन्य समूहको तुलनामा हैजाबाट संक्रमित भइ अस्पताल भर्ना हुने गरेको फेला पारेका थिए । तर त्यस पछाडिको कारणबारे उनीहरुले कहिल्यै ख्याल गरेका थिएनन् । तथापी ए, बी, एबी, तथा ओ नेगेटीभ रक्त समूह रातो रक्त कोष (आर्विसी) मा आफ्नो उपस्थितिका लागि प्रख्यात भए तापनि यी समूह आन्द्रामा हुने आन्द्रानलीको कोषिकासहित अन्य कोषिकाको सतहमा समेत पाइने गरेको छ ।

 आन्द्राका कोषिका, जसमा विभिन्न रक्त समूह समावेश हुन्छ, त्यसमा हैजाको जिवाणुले कस्तो प्रभाव पार्छ भनेर पत्ता लगाउन गरिएको उक्त अध्ययनमा अनुसन्धानकर्ताहरुले आन्द्राको इपिथेलियल स्टिम सेल अर्थात ‘इन्टेरोइड’ को संकलन गरी त्यसलाई प्रयोगमा ल्याएका थिए, जुन प्रयोगशालामै उत्पादन गर्न र परिपक्व आन्द्राको कोषिकाबीचको फरक छुट्याउन उपयोगी मानिन्छ । उक्त अध्ययनलाई थप प्रष्ट पार्न अध्ययनको एउटा भागस्वरुप अनुसन्धानकर्ताहरुले ‘ए’ समुहका मानिसबाट दुई तथा ‘ओ’ समूहका मानिसबाट दुई गरी हैजाका जिवाणु भएका जम्मा चार वटा समूहका ‘इन्टेरोइड’ (आन्द्रा) को परीक्षण गरेको थिए । उनीहरुले परीक्षणका क्रममा उक्त कोषिकामा हैजाका विषाणुको मात्रा कति छ भनेर मापन गरेका थिए । अनुसन्धानकर्ताहरुले उक्त परिक्षणमार्फत ‘ओ’ समुहको रगतमा सांकेतिक अणुको मात्रा ‘ए’ समुहको तुलनामा दोब्बर हुने भएकाले यस्ता ब्यक्ति हैजाको सम्पर्कमा आउनासाथ कडा पखालाबाट संक्रमित हुन सक्ने सुझाव दिएको थियो । यो खोज ‘द अमेरिकन जर्नल अफ ट्रोपिकल मेडिसिन तथा हाइजिन’ नामक अनलाइनमा प्रकाशित छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv