Latest Updates :

१९ वर्षपछि सँगै देखिँदै सञ्जय–माधुरी, पुन पर्दामा हेर्न पाईने !


SHARE THIS POST :

मुम्बई । बलिउडका दुई चर्चित सेलेब्रिटी १९ वर्षको अन्तरालपछि एउटै फिल्ममा अभिनय गर्न लागेका छन् । उनीहरू हुन्– सञ्जय दत्त र माधुरी दीक्षित ।

माधुरी र सञ्जय सन् १९९७ मा प्रदर्शन भएको ‘महानता’ फिल्ममा सँगै देखिएका थिए । त्यसपछि दर्शकले उनीहरूलाई एउटै फिल्ममा सँगै हेर्न पाएका छैनन् ।

महानताको सुटिङका क्रममा सञ्जय र माधुरीबीच अफेयर चलेको खबर फैलिएको थियो । त्यही वेला सञ्जय अवैध हातहतियारको मुद्दामा मुछिएपछि उनीहरूको अफेयरको खबर त्यत्तिकै सेलाएको थियो ।

निर्देशक विधुविनोद चोपडाकी बहिनी शैली चोपडाले बनाउने ‘मारको भाउ’ नामक नयाँ फिल्ममा सञ्जयका साथ माधुरीलाई अभिनय गराउने कोसिस हुँदै छ ।

रवीन्द्रनाथ टैगोरको चर्चित कथा काबुलीवाला और मिन्नीमा आधारित हुने सो फिल्ममा बाबुछोरीको सम्बन्धको कथा छ ।

बलिउड मिडियाले जनाए अनुसार माधुरी विनोद चोपडासँग निकै नजिकको सम्बन्ध छ । त्यसैले पनि सञ्जय र माधुरीको जोडिलाई फिल्म ’मार्को भाऊ’ मा देख्न पाईने प्रवल सम्भावना रहको छ ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv