सिद्धार्थ मल्होत्राका सन्तानकी आमा बन्न चाहान्छिन् आलिया भट्ट
एजेन्सी – बलिउड नायक सिद्धार्थ मल्होत्रासँगको सम्बन्धलाई लिएर आलिया भट्टले नयाँ खुलासा गरेकि छन् । आलियाले सबैको अगाडि आफ्नो प्रेमको खुलासा गर्दै सिद्धार्धका सन्तानकी आमा बन्न चाहेको बताएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार आलिया सो कुरा एक भारतीय च्यानलमा अन्तर्वार्ताको क्रममा बताएकी हुन् । कार्यक्रमको अन्तर्वार्ताको क्रममा रेपिड फायर राउन्डमा आलियाले निकै रोचक प्रश्नका उत्तर दिएकी छन् । कार्यक्रमको प्रश्नमा सोधिएको थियो यदि एउटा आइल्याण्डमा बोल्ड अभिनेताहरुसँग उनलाई छोडि दिए उनि कुन अभिनेताबाट सन्तान जन्माउन चाहान्छिन् अप्शनमा वरुण धवन आदित्य राय कपूर लगायत सिद्धार्थको नाम रहेको थियो । आलियाले समय रहदै सिद्धार्थलाई रोजिन् । आलिया र सिद्धार्थ एक अर्का बिच निकै माया गर्ने यसबाट बुझ्न सकिन्छ ।
Post a Comment