Latest Updates :

नौ दिनदेखि खानेपानीको हाहाकार


SHARE THIS POST :

साउन १८, म्याग्दी –
सदरमुकाम बेनीमा नौ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।बेनीमा खानेपानी वितरण हुँदै आएको आयोजनाको पाइप लाइनका ठाउँ ठाउँमा पहिराले पाइप फुटाएपछि खानेपानी आपूर्ति बन्द भएको हो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले राम्चे गाविसस्थित पुम्दीखोला र भकिम्ली गाविसको दूधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनीसहित बगरफाँट र मङ्गलाघाट क्षेत्रका ९५० घरमा खानेपानी आपूर्ति गर्दै आएको छ । वर्षाका कारण झरेको पहिराले विभिन्न स्थानमा पाइप फुटेपछि सो क्षेत्रमा खानेपानी वितरण ठप्प बनेपछि उपभोक्ता समस्यामा परेका छन् ।

 खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकामवासीको दैनिकी नै कष्टकर बनेको छ । पुम्दीखोलाको मुहानदेखि केही तल चार ठाउँमा पाइप भाँचिएको तथा चमेरे र राहुपारेमा पाइप बगाइदिएको छ । बेनीदेखि गलेश्वरका बीचमा दुई स्थानमा पाइप फुटेको छ । दूधेखोलामा भकिम्ली–९ तोराखेतबाट झरेको पहिराले पाइपमा क्षति पु¥याएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताए । उनले पहिराले दर्जन बढी स्थानमा पाइपमा क्षति पु¥याएपछि समितिले मर्मतको काम गरिरहे पनि पहिराका कारण मर्मतसम्भारमा कठिनाइ भएको बताए ।

 दुवै मुहानबाट ल्याइएको पानी बेनीबजारभन्दा माथि बराहपाखो सामुदायिक वनमा निर्माण गरिएको ट्यांकीमा जम्मा गरी वितरण हुँदै आएको थियो । उपभोक्ता समितिका प्रबन्धक चन्द्रबहादुर थापाले पहिराले पाइप लाइन बिगारेका ठाउँमा पोलिथिन पाइप जडान गरेर भए पनि खानेपानी आपूर्ति सहज गराउन लागिएको जानकारी दिए । यसैबीच खानेपानी आपूर्ति बन्द भएर सर्वसाधारण समस्यामा परेपछि केही निजी मुहानबाट खानेपानी जडान गरेका स्थानीयवासीले सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराएका छन् । गणेशटोलमा रहेको होटल शिखर, शान्तिटोलमा मिलन श्रेष्ठ लगायतले व्यक्तिगत रुपमा घरमा जडान गरेको खानेपानी २४सै घन्टा सर्वसाधारणका लागि खुला गरी वितरण गर्न थालेपछि सर्वसाधारणले केही राहतको महसुस गरेका छन् ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv