Latest Updates :

जापानले गर्यो नेपालको तिन ठाउमा तत्कालै जान सक्छ ठुलो भूकम्पको खुलासा, कहाँ-कहाँ जादैछ अब ठुलो भूकम्प?


SHARE THIS POST :

नेपालमा गत वर्ष गएको ठूलो भूकम्प गएपछि गहिरो अध्ययन गरेको जापानी संस्था जाइकाले फेरि पनि नेपालमा ठूला भूकम्पको सम्भावना रहेको जनाएको छ ।
जाइकाले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नेपालका तीन स्थानमा अझै ठूला भुकम्प आउन सक्ने निष्कर्ष निकालिएको छ । जाइकाले ठूला भुकम्पको सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकार र नागरिकलाई सचेत रहन आग्रह गरेको छ । गत वर्षको ठूलो भुकम्प अघि पनि नेपालमा भुकम्पका विषयमा अध्ययन गरिरहेको जाइकाले ठूला भुकम्पको खतरा रहेको जनाएको छ ।

जाइकाले विगत तीन बर्षदेखि नेपालमा भूकम्पीय जोखिमवारे सरकारी निकायसंँग मिलेर अध्ययन गरिरहेको छ । सन् २०१५ अप्रिलबाट जाइकाले शहरी विकास मन्त्रालय,गृह मन्त्रालय,स्थानीय विकास मन्त्रालय र खानी तथा भूगर्व विभागसँंग मिलेर नेपालको भूकम्पीय जोखिम बारे अध्ययन गरिरहेको छ ।
जाइकाले पहिलो चरणमा भुकम्पीय जोखिम विश्लेषण सम्पन्न गरी प्रतिवेदन सार्जनिक गरेको हो । प्रतिवेदनमा नेपाल भुकम्पीय उच्च जोखिम रहेको जनाएको छ । जाइकाले दोस्रो चरणमा  भुकम्पीय जोखिम एसिसमेन्ट’ अन्तर्गत अहिले काठमाडौं उपत्यका भित्र बनेका घरहरु अव आउने भूकम्पमा कत्तिको जोखिममा छन् भनेर अध्ययन गर्ने भएको छ । अहिले दोस्रो चरणको अध्ययन गरिरहेको छ । तेस्रो चरणमा ‘पाइलट एक्टिभिटी’ अन्तर्गत पुनर्निर्माणको काम गर्ने जाइकाले जनाएको छ ।
जाइकाले सुदूरपश्चिम,पश्चिम नेपाल र मध्य नेपालको दक्षिणी र काठमाडौ वरिपरिका क्षेत्रमा भविष्यमा ठूलो भुकम्प आउन सक्ने जाइकाको निष्कर्ष छ । जाइकाले सुदूरपश्चिमा ८.६ म्याग्नेच्युट,पश्चिम नेपाल र काठमाडौ आसपासमा ७.८ म्याग्नेच्युटको भूकम्प आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यसअघि पनि जाइकाले नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै सचेत रहेन आग्रह गरेको थियो ।


वि.स २०७२ बैशाख १२ र वि.स १९९० मा गएको भूकम्पको विश्लेषण गर्दै जाइकाले यस्तो सम्भावना देखाएको हो ।  शहरी विकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुमन सालिकेले पहिले आएको भूकम्पको आधारमा जाइकाले ठूलो भूकम्प आउने सम्भावना देखाएको जानकारी दिनु भयो । शहरी विकास, गृह, संघीय मामिला मन्त्रालय र  खानी तथा भूगर्व विभागसँंगको संयुक्त बैठकले जाइकाले तीन ठाउँमा ठूलो भूकम्प आउने भन्दै सचेत रहन आग्रह गरेको छ ।
जाइकाले २००२ मा पनि नेपालमा कुनै वेला ठूलै भूकम्प आउने र यसले ठूलो मानवीय क्षति गर्ने अड्कल गरेको थियो । त्यसको १३ बर्षपछि गत बैशाख १२ मा गोरखा वारपाक केन्द्र विन्दु भएर ७.८ म्याग्नेच्युटको भूकम्प आयो र करिव ९ हजार जनाको ज्यान गयो । अहिले पनि जाइकाले कुनै बेला तीन ठाउँमा ठूलै भूकम्प आउने अनुमान सार्वजनिक गरेको छ ।

‘साइन्सले पनि कहिले भूकम्प आउँंछ भनेर भन्न सक्दैन’ सिनियर डिभिजन इन्जिनियर सुमनले भन्नुभयो–‘ जाइकाले सार्वजनिक गरेको प्रतिवेदनमा भविष्यमा भूकम्प आउने अनुमान गर्दै सचेत रहन भनेको हो ।’ जाइकाले गत बैशाखमा आएको भूकम्पको म्याग्नेच्युट अनुसार जमिन नहल्याएको समेत बताएको छ । उसले ५ गुणामा १ गुणा मात्र जमिन हल्लिएको जनाएको निष्कर्ष निकालेको छ ।
जाइकाले ठूलो भूकम्प आएपछि  घरहरुको अवस्था के छ भनेर पनि अध्ययन गरिरहेको छ । जाइकाले अहिले भक्तपुर,ललितपुर र वुढानिलकण्ठ नगरपालिकाका घरहरुको अध्ययन गरिरहेको छ । ‘अव आउने भूकम्पले काठमाडौ उपत्यकाका घरहरुमा कति क्षति पुर्याउन सक्छ भनेर अध्ययन भइरहेको छ’ इन्जिनियर सुमनले भन्नुभयो–‘अध्ययनमा घर कति तले, विम,इटा,पिलर कस्तो तरिकाले बनाइएकोे छ भनेर हेरिएको छ । ’

SHARE THIS POST :

+ comments + 1 comments

26 August 2016 at 22:24

नेपाली जनताको हालत भगबान भरोसे छ !
______________________________
जे पर्छ त्यही टर्छ भन्ने बाहेक अर्को बिकल्प आम जनता संग छैन । सरकार कस्तो छ र आपतकालिन ब्यबस्थापन उद्धार कस्तो छ भन्ने बारेमा जगजाहेरनै छ । गत बर्ष गएको भूकम्पको पिडितहरुले हालसम्म राहत पाउन सकेका छैनन् । चरम दूरुपयोग र ब्यापक भ्रष्टाचार भएको गुनासो नभएको होइन ।
यसर्थ आसंका ब्यक्त गरेर जनतालाई आत‌कित पार्नु भन्दा सम्बन्धित निकायले सक्ते हो भने संम्भाबित प्रलय आएमा त्यसको सामना कसरी गर्ने हो सो बारेको तयारीमा जुट्दा कसो होला !

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv