Latest Updates :

गङ्गामाया बचाऔँ अभियान


SHARE THIS POST :

साउन ३१, काठमाडौँ –
आफ्ना छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखी अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि ‘गङ्गामाया बचाऔँ अभियान’ अन्तर्गत आज मानवअधिकारकर्मीले सिंहदरबार दक्षिण ढोकातर्फ धर्ना दिएका छन् । मानवअधिकारकर्मीले छ वर्षदेखि अनशनरत गङ्गामायाले गत बिहीबारदेखि स्लाइन र पानीसमेत त्यागेर आमरण अनशन सुरु गरेपछि उहाँको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन आइतबारदेखि दबाबमूलक कार्यक्रमको आयोजना गरेको मानवअधिकारकर्मी चरण प्रसाईंले जानकारी दिनुभयो । मानवअधिकारकर्मी प्रसार्इं, इन्द्र अर्याल, सुमन अधिकारी, कृष्ण अर्याल, शोभा महर्जन, सावित्री श्रेष्ठ, भोजराज चापागाईंलगायत धर्नामा सहभागी हुनुहुन्थ्यो । विसं २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बस्नुभएको थियो । अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गङ्गामाया एक्लै अनशनलाई निरन्तरता दिइरहनुभएको छ । सरकारलाई पाँचदिने अल्टिमेटम दिएर उहाँले वीर अस्पतालमा नै आमरण अनशन सुरु गर्नुभएको हो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv