Latest Updates :

जन्मदिने आमाको जिवन वचाउन महेश थापा सहयोगको लागि सडक....सबैले लाइक सेयर गर्नुहोस


SHARE THIS POST :

देउखुरी, १७ साउन : अस्पतालको शैयामा मृत्यु संग जुधीरहेकी जन्मदिने आमाको जिवन वचाउन लमही नगरपालिका वडा नं. ११ लमही निवासी २१ बर्षिय छोरा महेश थापा सडकमा आईपुगेका छन् । ‘आमाको दुवै मृगौलाले काम गर्दैन्, अहीले अस्पतालमा हुनुहुन्छ, तपाईले केही सहयोेग गर्न सक्नुहुन्छ’यस्तै अनुरोध गर्दै अस्पतालले दिएको जानकारी पत्र, लमही नगरपालिकाको सिफारिस देखाउदै आर्थिक संकलनमा जुट्नेका हुन् ।
४५ बर्षकी आमा श्यामकला रोकालाई वचाउन छोरा सडकमा सहयोग माग्दै हिडीरहेका छन् । जन्मदिने आमालाई वचाउन सडकमा पैसा माग्दै हिड्दा महेशलाई कुनै हिनता वोध छैन् ।‘आमाको दुवै मृगौला फेर्न सके भने यही मेरो लागी ठुलो धर्म हुने छ’थापाले भने–‘आमाको मृगौला फेर्न(प्रत्यारोपण) गर्न १५, २० लाख लाग्छ रे, अहीले सम्म जम्मा डेढ लाख जती संकलन गरेको छु ।’ उपचार खर्च जुटाउन धेरै मान्छे संग उनको भेट भयो । तर, यही समाजमा पनि कोही दानी मान्छे छन् भने कोही मतलवी ।

 दुई वटै मृगौला फेल भएपछी आमा मानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरमा दुई महिना देखी उपचारथ छिन् ।‘शुभचिन्तकहरु संग पैसा उठाएको डेढ लाख रुपैयाँ जती जम्मा भएको छ तर, यो रकम थोरै हो’उनले भने–‘आमाको रेख देख गर्न वुवा उहाँ संगै अस्पतालमा हुनुहुन्छ, जेठो दाई नेपाली सेनामा हुनुहुन्छ, दाईले कमाएको पैसा, घरमा भएको पैसा सवै खर्च भैसक्यो ।’ दाईको तलवले आमाको रोग निको पार्न नसकेपछी कान्छो छोरा सहयोग माग्दै हिड्नु परेको हो । ‘आमालाई वचाउन म सडकमा आईपुगेको हुँ, यो समाजमा धेरै दानी मान्छेहरु छन् भन्ने सुनेको छु, मेरो आमालाई वचाउन यो समाजका दानी मान्छेहरुले सहयोगको खाँचो छ, आशा मारेको छैन्’उनले याचना गर्दै भने-‘आमाको जिवन वचाउन चाहन्छु ।’ एक लाख रुपैयाँ सरकारले दिने भनेर नगरपालीका र जिल्ला जनस्वास्थ्य कार्यालय वाट सिफारिस वनाउनु भएका उहाँले अप्रेसन पछी मात्रै त्यो रकम प्राप्त हुने वताए ।‘सरकारले दिने भनेको रकम पनि अझै आएको छैन्, अहीले सम्म चार लाख रुपैयाँ उपचारमा खर्च भैसक्यो’ उनले भने –‘वाँकी उपचारकालागी चाहिने खर्च कहाँ वाट जुटाउने ? यस्तै प्रश्नको उत्तर खोज्न सडकमा आएको हुँ ।’ तुलसीपुर अनलाइनबाट साभार कृपया सक्नेले सहयोग गर्नु होला नसक्नेले सेयर गरि सहयोग गरिदिनु होला !

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv