Latest Updates :

जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ


SHARE THIS POST :
प्रकाशित मिति: सोमबार, भाद्र ०६, २०७३ समय - १५:५६:३७   |  22 Aug, 2016



भीमदत्तनगर: पूर्व–पश्चिम महेन्द्र राजमार्गको कञ्चनपुरको झलारी–वाणीखण्डमा महिलामाथि राजमार्गमै महिलामाथि जबर्जस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान राजमार्गको वनहरा पुल नजिकै रहेको भेटघाट शिविरकी एक विवाहित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर छेउँमै रहेको जङ्गलमा बलात्कार गर्न खोज्ने कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ का २७ वर्षीय अम्मर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावल विष्टले महिलालाई राजमार्गबाट लछारपछार गर्दै जङ्गलमा लगेर जबर्जस्ती करणी गर्न खोजेको बताए। “जङ्गलमा लगेर जबर्जस्ती गर्न खोज्दा महिला चिच्याएर भाग्न सफल भइन् ।” प्रहरी निरीक्षक रावलले भने – “भाग्ने क्रममा महिलालाई सामान्य चोटपटकसमेत लागेको छ ।”

प्रहरी नियन्त्रणमा रहेका युवक विष्टले आफूले मादक पदार्थको नशामा जबर्जस्ती करणी गर्न खोजेको स्वीकार गरेको प्रहरीले जनाएको छ । शिविरमा आश्रय लिँदै आएकी महिला दाउरा बेचेर गुजारा गर्दै आएकी छन् । रासस



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv