Latest Updates :

विदेश बस्ने नेपाली सावधान हुनु पर्ने, ध्यान नदिए कमाएको सम्पति स्वाहा!


SHARE THIS POST :
सहतमा आयो यस्तो घटना


विदेशमा बस्ने नेपालीले किनमेल गर्न क्रेडिट कार्डको प्रयोग गर्छन्। जापान, अमेरिका, अष्ट्रेलिया देखि युरोपका देशहरुमा क्रेडिट कार्ड प्रयोग गर्ने सामान्य कुरा हो। तर, क्रेडिट कार्ड उत्तिकै संवेदनशील चिज हो। यसमा भएको सूचनालाई सुरक्षित तरिका उपयोग नगर्दा ठूला आर्थिक व्यवभार बेहोर्नु पर्ने हुन्छ।credit card 73626715

तपाईको क्रेडिट कार्डमा लेखिएको कुरा कसैले देखे मात्र पनि केसम्म हुन सक्ने रहेछ भन्ने कुरा भर्खरै घटेको घटनाबाट प्रष्ट हुन्छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले क्रेडिट कार्डको डिटेल चोरी गरि अनलाइन सपिङ गर्नेलाई प्रकाउ गरेपछि क्रेडिट कार्ड प्रयोगको जोखिम देखिनेगरि सतहमा आएको हो।

ब्यूरोले बाग्लुङ गलकोट-९ घर भएका ३२ वर्षिय तेजिन्द्र केसीलाई भदौं १ गते बुद्धनगरबाट पक्राउ गरेको छ। तेजेन्द्रलाई जापानी नागरिकको क्रेडिट कार्ड प्रयोग गरि मसुङ, हुवावे र लेनोभो ब्राण्डका महंगा मोवाईलहरु अनलाईन खरिद गरि ठगी गरेको अभियोगमा ब्यूरोले पक्राउ गरेको हो।
अहिले बालाजु स्थित बाग्लुङ प्याराडाईज होटल एण्ड रेष्टुरेण्टमा गेष्टको रुपमा बसेका तेजेन्द्रलाई जापानमा बस्ने नेपाली साथीले जापानी नागरिकको क्रेडिट कार्डको नम्बर लगायतका विवरण भाइबर मार्फत पठाउने गरेका थिए।

यसरी प्राप्त भएको क्रेडिट कार्ड विवरण प्रयोग गरि अनलाइन पेमेन्ट गरि तेजेन्द्रले मोबाइल किन्ने गरेको ब्यूरोले जनाएको छ। यसरी किनेका मोबाइल आफूले सापट लिएका व्यक्तिहरुलाई दिई सापट तिर्ने गरेको समेत खुलेको छ। साथै मोबाइललाई केही मुल्य घटाई पुन: बिक्रि गरी ठगी गरेको समेत खुलेको ब्यूरोले प्रेस विज्ञप्तीमा जनाएको छ।
निज तेजिन्द्र के.सी. (उप्रेती) ले जापान पठाइदिन्छु भनेर तथा विभिन्न प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट रकम लिई ठगी गरेको भन्ने बुझिएकाले कोही ठगिएर पीडित हुनुहुन्छ भने अबिलम्ब सम्पर्क गर्न समेत ब्यूरोले अनुरोध गरेको छ।

तेजिन्द्रलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको ब्यूरोले जनाएको छ ।
कार्ड विवरण यसरी चोरी हुन सक्छ
तपाईसँग भएको कार्डको विवरण जोसुकैले सजिलै टिप्न सक्ने तथा सोही कार्ड डिटेल प्रयोग गरी अनलाईन पेमेण्ट गर्न सक्ने भएकाले कसैलाई आफ्नो कार्ड दिने, देखाउने नगर्नुहोस् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv