Latest Updates :

बैंकमा पैसा राख्दैमा ढुक्क नहुनुस् ! पैसा घटेको पनि हुन सक्छ


SHARE THIS POST :

काठमाडौं : बढ्दो उपभोक्ता मूल्यवृद्धि र बैंकहरुले दिने व्याजदरबीच तालमेल नमिलेका कारण सर्वसाधारणले बैंकमा पैसा राख्दा घाटा व्यहोर्नु परेको छ । सामान्य रुपमा हेर्दा रकम घटेको नदेखिएतापनि महंगीका कारण त्यसको मौद्रिक मूल्य ९मनिटरी भ्यालू० भने घटेको हो । बैंकले दिने व्याजदर ग्राहकको आम्दानी हो भने र महँगीको वृद्धिदर ग्राहकको खर्च हो।

मुलुकमा लगानीयोग्य वातावरण नहुँदा बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिएपछि बैंकहरुले व्याजदर घटाएका छन् भने मूल्यवृद्धिदर बर्सेनी आकाशिरहेको छ । यसले गर्दा बैंकमा पैसा राख्दा ग्राहकको आम्दानीभन्दा खर्च बढि भइरहेको छ । अहिले बैंकहरुले निक्षेपमा औषत ३।२८ प्रतिशत व्याज दिन्छन् । जसअनुसार एक वर्षअघि तपाईले कुनै बैंकमा १ लाख रुपैयाँ निक्षेप राख्नु भएको थियो भने अहिले तपाइँको पैसा बढेर १ लाख ३ हजार २ सय ८० रुपैयाँ भएको छ।

अहिले मुलुकको औसत मुल्यवृद्धिदर ९.९ प्रतिशत छ । जसअनुसार, एक वर्षअघि एक लाख रुपैयाँमा जति सामान किन्न सक्नुहुन्थ्यो, त्यति सामान किन्नका लागि अहिले १ लाख ९ हजार ९ सय रुपैयाँ खर्च गर्नुपर्छ।

यस हिसाबले एक वर्षअघि तपाईले बैंकमा १ लाख रुपैयाँ राख्नु भएको थियो भने अहिले तपाईले ६ हजार ६ सय २० रुपैयाँ गुमाउनु भएको छ।नेपाल राष्ट्र बैंकले व्याजदर कोरिडोर लागू गरेपछि भने बैंकहरुले व्याजदर केही बढाउन थालेका छन् । यसबाट ग्राहकले केही राहत पाउने अपेक्षा गरिएको समाधान दैनिकमा खबर छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv