Latest Updates :

औसिमा महिनावारी भएको भन्दै यसरी २४ बर्षीय कमला शाही एक बर्षको छोरा सहित अर्काको गोठमा सुत्न पठाए !


SHARE THIS POST :

भाद्र-४, महिनावारी भएको बेला आफ्नो घर त कहाँ हो कहाँ गोठ पनि अर्काको चाहार्नु पर्योा कुडारी–४ जुम्लाकी कमला शाहीले । सामाजिक कुसंस्कारका रुपमा विद्यमान छुईप्रथा न्यूनीकरण गर्ने अभियान सोही गाविसमा चलिरहँदा बाहिर सरेकी कमलाले चार÷पाँच रात बिताउन आफ्नो भन्दा अर्काको पशुचौपाया राख्ने गोठ चाहार्न बाध्य हुनुपयो । पूर्णिमा तिथि नजिक आएको भन्दै वरिपरिका छिमेकीले छुई भएको बेला घरको जग नछुन भनेपछि रात बिताउन अर्काको गोठ चाहार्न बाध्य भएको कमलाले बताइन् ।

“यसभन्दा पहिले आफ्नै गोठमा सुत्थें तर औँंसी पूर्णिमाका बेला समाजको डरले अर्काको गोठमा सुत्न जानु प¥यो, तैपनि सबैले आफ्नो गोठमा सुत्न दिन सहजै मानेनन्,” उनले दुःख पोखिन् ।

एक्काइसांै शताब्दीमा पनि कमला झै यहाँका सबै महिलालाई समाजले ‘मध्ययुगीन’ सभ्यताको दास महिलाका रुपमा प्रस्तुत हुन बाध्य बनाएको छ । यो पटक छाउ हुँदा कमलाले अर्काको गोठमा सुत्नु प¥यो । छिमेकीले दिने अपजस र भनाइबाट उन्मुक्ति पाउन घरको गोठ छोड्नु परेको पीडा उनले व्यक्त गरिन् । छिमेकीले पूर्णिमा नजिक आएको बेला छुईछुतो हुँदा देवता रिसाउने भनेपछि बासका लागि अर्काको गोठ चाहारेको उनको भनाइ छ । उनी भन्छिन्, “पूर्णिमा नआएको भए मेरै गोठमा सुत्थें, तर अहिले एक वर्षको छोरासहित अर्काको गोठमा बस्न बाध्य हुनु पर्यो । यसको मूल कारण नै अन्धविश्वास, अशिक्षा र परम्परागत सोचमा परिवर्तन आउन नसक्नु हो ।”

पशु चौपाया बस्ने गोठमा सुत्ने कमला एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै कर्णालीका सयौं महिला यो पीडाबाट ग्रसित छन् । विशेषगरी, गोठमा सुत्नु हुँदैन, प्रजनन् स्वास्थ्यदेखि अन्य समस्याले महिलाको जीवनमा ठूलो अप्ठयारा आइलाग्छन् भन्ने तालिम लिई ज्ञानगुनका कुरा सिकेका महिला स्वयम्सेविका तथा थुप्रै तालिममा सहभागी भएका महिला अगुवा नै छाउगोठमा बस्दै आएको स्थानीयवासी बताउँछन् ।

एक वर्षको छोरासँगै गोठमा सुत्दै आएकी कमला तीन बच्चाकी आमा हुन् । उनी अहिले २४ वर्षकी भइन् । गरिबी र अशिक्षाका कारण उनले १६ वर्षमै विवाह गर्न पुगिन् । सात वर्षमै एक छोरा र दुई छोरी जन्माएकी उनी शारीरिक रुपले स्वस्थ पनि छैनन् । उनका अनुसार महिला जति कमजोर भए पनि छुई हुँदा गोठमै सुत्नुपर्छ । नभए केही अशुभ घटना घट्दा छुईछुतोको आरोपमा कष्टकर जीवन जीउनुपर्छ । विद्यमान कुप्रथाका कारण गाउँका सबै महिला अहिले पनि छुई हँदा पशुवस्तु रहने फोहर गोठमा बस्न बाध्य छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv