Latest Updates :

फेसबुक बाट पनि सजिलै पैसा कमाने तरीका हेर्नुहोस है साथी हो


SHARE THIS POST :

फेसबुकबाट आफ्नो कुरा सेयर गर्ने, म्यासेज गर्ने मात्र होइन तरिका जाने पैसा पनि कमाउन सकिन्छ। फेसबुकले यसको लागि प्लेटफर्म बनाएको छ, अप्सन दिएको छ। प्रयोगकर्ता चाहे फेसबुकमै रहेर घर बसीबसी पैसा कमाउन सक्छन्। यसको लागि सबैभन्दा पहिले फेसबुकमा पेज बनाउन जरुरी छ। पेज दैनिक अपडेट गर्नु अर्को महत्वपूर्ण पाटो हो। यसले ‘पेज रिच’ बढाउँछ। रिच बढ्दा फेसबुक आफैले पेज स्कान गरिदिन्छ।पेजमा लाइक हुनु मात्र महत्वपूर्ण हुदैन, पेजमा कति इन्गेजमेन्ट छ सो अनुसार पेजको रिच तय हुन्छ।

इन्गेजमेन्ट भन्नाले पेजमा पोस्ट गरिएका जानकारी कतिले लाइक, कमेन्ट अनि सेयर गरे, सो अनुसार पेजको रिच बढ्ने गर्छ। पेज रिच राम्रो भएपछि विज्ञापनको लागि फेसबुकसंग कन्ट्याक्ट गरि धन आर्जन गर्न सकिन्छ। कुनै स्थानिय प्रडक्टस्को विज्ञापन पनि आफ्नो पेजबाट गरिदिन सकिन्छ। तर यसको प्रभावकारीता भने प्रयोगकर्ताकै मेहेनतमा भर पर्छ। यसको लागि फेसबुकको एड्भान्स युजर बन्नु पर्छ। फेसबुकको एक फर्म भर्न सकिन्छ। जसमा बैंकको जानकारी, जस्तो अकाउन्ट नम्बर लगायत अन्य जानकारी भर्नु पर्छ। फर्म भनेको ४८ घण्टामा एकाउन्ट एक्टिभ हन्छ।

 यस पश्चात फेसबुकले प्रयोगकर्ताको हरेक एक्टिभिटी निगरानी गर्दछ। आफुले कमाएको पैसा सोही बैंक अकाउन्टमा जम्मा हुन्छ। भिडियो सेयरिङ टाइमलाइनमा कुनै भिडियो सेयर गरेर पनि पैसा कमाउन सकिन्छ। अपलोड भएको भिडियोमा फेसबुकले विज्ञापन देखाउने गर्छ। भिडियोको ‘भिउ’ अनुसार फेसबुकले भिडियो अपलोडरलाई कमाइको केही हिस्सा दिने गर्छ। तर यसको लागि भिडियो भने ओरिजिनल, अर्थात कपी नगरिएको आफ्नै प्रोडक्ट हुन जरुरी हुन्छ। साना व्यावसायीको लागि अप्सन फेसबुकले साना व्यावसायीको लागि बनाइएको पेज पुरै बदलेर त्यसमा एक नयाँ ‘कल-टु-एक्सन’ बटन राखिदिएको छ। यसको मद्धतले कारोबारीले आफ्नो सम्भावित ग्राहकसंग जोडिन र आफ्नो प्रोडक्ट प्रति प्रोत्साहित गर्न सक्नेछन्। ग्राहक पेजमा रहेका पोस्ट देखेर कम्पनीलाई सम्पर्क गर्नेछन्। फेसबुकले हालै बताएको छ कि कारोबारी आफ्नो फेसबुक पेजलाई विकल्पको रुपमा हेरेर त्यसै अनुसार आफ्नो वेबसाइट डिजाइन गर्नु।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv