Latest Updates :

नवलपरासीमा भयानक सवारी दुर्घटना, दुईको मृत्यु


SHARE THIS POST :
शुक्रबार, भदौ ३, २०७३


नवलपरासीको अरुणखोलामा भयानक सवारी दुर्घटना भएको छ । कार र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।



मोटरसाइकलको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने त्यसमा सवार यात्रु उछिटिट्एर निकै पर पुगेको पाइएको छ । कारको पनि एक भागमा ठूलो क्षति भएको छ ।



दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासीको बर्दघाट नगरपालिका २ का ३५ वर्षीय दीपक चौधरी र ३५ वर्षकै पञ्चराम कुमालको मृृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालकलाई इलाका प्रहरी कार्यालय नयाँ बेलहानीले नियन्त्रणमा लिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv