Latest Updates :

डिभोर्सको प्रक्रियामा रहेकी श्रीमतीको हत्या


SHARE THIS POST :


पोखरामा बुधबार एक युवकले चक्कु प्रहार गरी पारपाचुकेको प्रक्रियामा रहेकी पत्नीको हत्या गरेका छन् । लगतै आफूले पनि विष सेवन गरेका छन् ।

पोखरा ८ मा २२ वर्षकी सोनम रेग्मीको हत्या भएको छ । घरमै बसिरहेकी उनीमाथि आफ्नै श्रीमान संजिव नेपालीले चक्कु हानेका छन् । उनको घाँटी र पेटमा गम्भिर चोट लागेको छ र, त्यही कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीलाई चक्कु हानेपछि संजिवले विष सेवन गरेका थिए । अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी गज्जुसिद्धी बज्राचार्यले बताए ।

उनका अनुसार मृतक श्रीमान-श्रीमती हुन् । तर, अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको छ ।

source : onlinekhabar

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv