Latest Updates :

एयरपोर्टमा खाद्यन्नको चर्को मूल्य असुल्दै व्यावसायी, एक बोत्तल पानीको १ सय ५० रुपैयाँ –


SHARE THIS POST :


काठमाडौँ, १४ भदौ : त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो।

मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी मार्टमा अनुगमन गरेको थियो । यसैगरी म्याद नाघेका सामान बिक्री गरेको, एमआरपी मूल्य छोपेर आफ्नै ट्याग लगाएको समेत भेटिएको थियो।

२० रुपैयाँ पर्ने पानीको मूल्य १ सय ५० रुपैयाँ, ४० रुपैयाँ पर्ने लेज २ सय रुपैयाँ, ४० देखि ५० रुपैयाँ पर्ने एक कप कफीको मूल्य २ सयसम्म लिएको पाइयो, शाखा अधिकृत भट्टले भने, खाद्यको मूल्य प्रमाणित गर्ने गरी ७ दिनभित्र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उपस्थित हुन निर्देशन दिएका छौं।

अनुगमनपछि कारबाही गर्ने अधिकार विभागको भएकाले सोहीअनुसार उपस्थित हुन निर्देशन दिएको उनले बताए । अनुगमनका क्रमममा क्लासिक मार्टमा ४० रुपैयाँ पर्ने लेज सय २०, ३ सय ५० ग्रामको चकलेट ३ हजार, ५ सय ग्रामको बिस्कुट ५ सय ५० रुपैयाँमा बिक्री गरेको कान्तिपुर दैनिकमा खबर छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv