काठमाडौंको चन्द्रागिरी नगरपालिका १० बालागाउँमा नजिकैको जंगलबाट गाउ पसेको चितुवा स्थानीय बासिन्दाले मारेका छन् । नजिकैको जंगलबाट चितुवा बतालिएर सोमबार साँझ गाउँमा पसेको थियो । चितुवालाई देख्नेवित्तिकै स्थानीयहरुले लखेटी-लखेटी मारेका हुन् । तर थानकोट प्रहरीले भने स्थानीयको प्रतिरक्षाको क्रममा चितुवा मरेको बताएको छ ।
चितुवाको आक्रमणबाट स्थानीय बालागाउका आठ जना घाइते भएका छन् । थानकोट प्रहरीका सई मोहन थापाले भने, ‘जंगलबाट आएको चितुवाले जथाभाबी टोक्ने, चिथोर्ने, र आक्रमण गर्न थाल्यो । त्यसपछि गाउँलेले लठ्ठीले र ढुंगाले हान्न थाले । प्रतिरक्षाको क्रममा टाउकोमा चोट लागेर चितुवा मर्यो ।’ थानकोट प्रहरीले मरेको चितुवा महादेवस्थान इलाका वन कार्यालयको जिम्मा लगाएको छ ।
Post a Comment