Latest Updates :

eGlobe News: के आमा किन्न पाईन्छ ? पढेलेखेकी आमा चाहियो, मूल्य झण्डै दुइ करोड:


SHARE THIS POST :

साउन २२, एजेन्सी ।
खोजी भैरहेको छ एकजना सुशील, सभ्य तथा पढेलेखेकी आमाको । हो, आजसम्म दुनियामा विभिन्न दम्पत्तिहरुले बच्चाबच्चीलाई धर्मसन्तान बनाएको त देखिएको थियो तर यो सायद पहिलो घटना हुनसक्छ जहाँ कोही मानिस आफ्नो लागि आमाको खोजी गरिरहेको छ । यो घटना चीनको हो । जहाँ एक ३२ वर्षी य पुरुषले एक आमा ग्रहण गर्न चाहन्छन् । उनले आफ्नो लागि आमा बन्न लायक महिलाका लागि झण्डै दुइ करोड रुपैयाँ बराबरको रकम समेत दिनेछन् । उनको अनौठो खोजी यत्तिमा मात्र रोकिनेवाला छैन । धर्ममाता स्विकार गर्नका लागि उनले एउटा शर्तको सूचि पनि बनाएका छन् ।

जसमा उनले आफ्नी हुनेवाला आमाका कतिपय योग्यताहरु तोकेका छन् । आमा बन्न चाहनेहरु कम्तिमा ५७ वर्षका हुनैपर्नेछ । साथै सुशिक्षित, रक्सी नपिउने तथा विदेश यात्राको राम्रो अनुभव भएका हुनुपर्नेछ । आमाको खोजीगर्ने ती पुरुषका कतिपय तस्वीरहरु इन्टरनेटमा सार्वजनिक भएका छन् । तस्वीरमा उनी सिचुआन प्रान्तको फांगहु पार्कमा उभिएको देख्न सकिन्छ । तस्वीरमा एक हातमा उनले आफ्नो फोन नम्बर र अर्को हातमा पुरस्कार राशीको बारेमा जानकारी तथा आमा हुनेहरुका लागि योग्यताको सूचि बोकेका छन् । आमालाई ग्रहण गर्ने कुरा विश्वसनीयता तथा सहूलियतमा निर्भर हुने उनले बताएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv