लायतका एक विख्यात भूकम्पविज्ञले नेपालमा यही अगष्ट महिनामै अर्को महाविनाशकारी भूकम्प जानसक्ने खतरा रहेको बताएका छन् ।
यसअघि नेपालमा वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका ती भूकम्पविज्ञले विश्वका थुप्रै शक्तिशाली भूकम्पहरुको भविष्यवाणी गरेका थिए । उनले केही दिनभित्रै नेपालमा ९ म्याग्निच्यूटसम्मको भूकम्प जानसक्ने चेतावनी दिएका छन् ।
फ्रयांक हुगरविट्स नाम गरेका नेदरल्याण्डका यी भूकम्पविदले विभिन्न ग्रह,चन्द्रमा र सूर्यको अवस्थितिलाई अध्ययन गरि भूकम्पको भविष्यवाणी गर्दै आएका छन् ।
उनले www.ditrianum.org नामक वेव पोर्टलमा एउटा आलेख प्रकाशित गर्दै यही अगष्ट २० देखि सेप्टेम्वर ४ भित्रमा शक्तिशाली भूकम्प जाने चेतावनी दिएका हुन् । यसबीचमा आउँने भूकम्प अत्यन्त खतरनाक हुने दाबी गर्दै उनले त्यसका लागि पहिले नै योजना बनाउँन सुझाव समेत दिएका छन् । विशेष गरि अगष्ट २२ देखि २५ सम्मको समय अत्यान्त नाजुक रहने उनको दाबी छ ।
उनको अनुसन्धानमा नयाँ प्रविधि अपनाएकोमा फ्रयांक हुगरविट्सको आलोचना समेत हुँदै आएको खबर बेलायतको प्रसिद्ध द एक्सप्रेसको अनलाइनमा प्रकाशित छ
+ comments + 2 comments
लु तेरो कुरा घाममा सुकाई दे
Just when I thought hami Nepali haru couldn't be more dramatic and stupid.. yesto blog haru dekha parinchan filled with ads.. balla thapayincha.. why people are so eager to leave nepal.. coz no one wants to survive in the midst of dumbasses like you -_-
Post a Comment