Latest Updates :

प्रचण्डले साँचो बोल्ने नैतिक बल गुमाईसक्यो : केपी ओली - See more at:


SHARE THIS POST :


भदौ ९, काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले साँचो बोल्ने नैतिक बल गुमाईसकेको भन्दै प्रचण्डले भनेका कुनैपनि कुराप्रति आफूले प्रतिक्रिया दिन नचाहने बताएका छन् । सत्य बोल्दा आफ्नो बदनाम हुने ठानेर प्रचण्डले अफुवाह फैलाउन थालेको ओलीले आरोप लगाउनु भएको छ । उपचारका लागि थाइल्याण्ड जानुुअघि विहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्नेक्रममा ओलीले साँचो बोल्ने आँट नभएका मान्छेका बारेमा कुनै प्रतिक्रिया नदिने बताए । केपी ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएका हुन् । उनले त्यहाँस्थित बुमरङगार्ड अस्पतालमा उपचार गराउने कार्यक्रम रहेकोछ । त्यसपछि उनी चेङमईमा भएका नेपालीहरुको कार्यक्रममा सहभागी हुने र इण्डोनेशियामा आयोजित कार्यक्रमलाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीलाई बिदाइ गर्न विमानस्थलमा कार्यवाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतका नेताहरु पुगेका थिए । यसैगरि एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा एमालेलाई जानकारी नभएको पनि बताएका छन् । दैनिक नेपालबाट
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv