पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा बाँकेमा किन भयो झडप ??
भदौ १६, बाँके – पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्न खोज्दा बाँकेको नेपालगञ्जमा झडप हुँदा सो क्षेत्र तनावग्रस्त बनेको छ। राष्ट्रवादी युवा समूहले बिहीबार नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र शालिक राख्ने क्रममा प्रहरी हस्तक्षेप गर्दा भएको झडपका कारण स्थिति तनावग्रस्त बनेको हो । प्रहरीको हस्तक्षेपको बाबुजुद पनि समूहले वीरेन्द्रको शालिक भनेका राख्न सफल भएको छ । प्रहरीको हस्तक्षेप गर्दा केही युवाहरु घाइते भएका छन् । प्रहरीको हस्तक्षेप विरुद्ध नाराबाजी गरेका सो समूहका कार्यकर्ताहरुले ‘राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद’जस्ता नारा पनि लगाएका छन् । बिहीबार शालिक रहेको स्थानमा यसअघि पनि वीरेन्द्रको शालिक नै थियो । तर, २०६२र०६३ सालमा भएको दोश्रो जनआन्दोलनमा भत्काइएको थियो । त्यसपछि राष्ट्रिय झण्डा राखिएको थियो । झण्ड पुरानो भएको भन्दै फेर्न पुगेका राष्ट्रवादी युवा समूहले वीरेन्द्रको अर्धकदको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । पुर्वेली न्युजबाट
Post a Comment