Latest Updates :

सात महिनाको बच्चालाई इनारमा फालेर आमा बेपत्ता


SHARE THIS POST :


३ असोज, चितवन। चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ ।
फाइल तस्वीर आमाले नै सात महिनाको बच्चा प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 स्थानीय रामशरण न्यौपानेकी ३६ वर्षीया श्रीमती पार्वती न्यौपानेले आइतबार सात महिनाको बच्चा प्रजिनालाई फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 उनका श्रीमान् रामशरणले बिहान बच्चा लिएर निस्किएको र त्यसपछि सम्पर्कमा नआएपछि खोजतलास गरी पाउँ भनी प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा खोजी गर्दा कुमरोजस्थित इनारमा बच्चा मृत फेला परे पनि आमा भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

उनको मानसिक अवस्था पनि केही कमजोर रहेको बुझिन आएको प्रहरीले जनाएको छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv