फिल्महरूमा हिरो नै बनेर देखा पर्न थालेपछि अभिनेत्री रेखा थापालाई दर्शकहरूले लामो समयदेखी सोही काले भूमिकामा रूचाइ रहेका छन्।
आफ्नो एकल स्टारपावरमा दर्शकलाई हलसम्म तान्ने क्षमता राख्ने एक्ली अभिनेत्री रहेकी रेखाले पछिल्लो समय फिल्महरूमा आफूलाई परिवर्तन गर्न थालेको छनक दिएकी छन्। केहि समय अगाडी रिलिज भएको 'पलाँस'को टिजरबाट त्यसको संकेत गरेकी रेखाले आफ्नो करियरमा एउटा बोल्ड स्टेप लिएकी छन्।
आफ्नो निकटकी मित्र छुल्ठिम गुरूङको निर्माणमा बन्न लागेको 'डायरी'बाट रेखा पहिलोपल्ट भिलेन बन्न लागेकी छन्। रेखाको यो कदमले रेखाले आफूलाई कलाकारका रूपमा परिक्षण गर्न लागेकी हुन्? भन्ने प्रश्न उब्जाइदिएकी छन्।
रेखा हाल 'हिरो रिटन्स'को सुटिंङ्मा रहेकी छिन्। उनले यसै वर्ष निर्माण गर्ने होम प्रोडक्सन फिल्म पनि यसअघि उनले निर्माण गरिरहेका फिल्म भन्दा भिन्न र ठूलो क्यानभासको हुने बताइएको छ।
रेखामा पछिल्लो समय देखिएको यो परिवर्तनमा उनका प्रशसंकहरूले कस्तो प्रतिक्रिया देलान भन्ने चर्चा अहिले फिल्म नगरमा छ।सेतोपाटी
Post a Comment