Latest Updates :

युद्धको अन्तिम तयारीमा भारत–पाकिस्तान , भारत–पाकिस्तान युद्ध भयो भने खुला सिमाना भएको नेपालमा के हुन्छ ?,


SHARE THIS POST :

एजेन्सी । लामो समयपछिको भनाभन र बोलचाल नै बन्द वातावरणका बिच भारत र पाकिस्तानले युद्धको तयारीमा छन् । जसको मुख्य कारक कश्मीरस्थित भारतीय सेनाको मुख्यालय उडीमा आतंकवादी आक्रमण पनि बन्न पुग्यो ।
बिबिसीका अनुसार भारतले पाकिस्तानको सीमा नजिक बोफोर्स तोपलाई तयारी अवस्थामा राखेपछि अब युद्ध गर्नकै लागी दुई देश तयार छन् भन्ने दृश्यहरुको अन्तराष्ट्रिय संचार संस्थाहरुले पनि निश्चित गरिसकेको समाचार सम्प्रेषण गरिरहेका छन् ।

उता पाकिस्तानले पनि युद्धको तयारी स्वरुप फाइटर प्लेन तयारी अवस्थामा राखेको छ। यदी नेपालसँग खुला सिमान रहेको भारत र मित्रराष्ट्र पाकिस्तानबिच युद्ध नै सुरु भयो भने नेपालमा के हुन्छ ? भुपरिवेष्टिक देश भएकै कारण त्यसको प्रत्यक्ष रुपमा नेपालमा ठूलो असर पर्ने विज्ञहरु बताउँछन् ।

नेपाल धेरै कुरामा भारतसँग परनिर्भर हुनु र भारत नै युद्धमा फसेपछि नेपालमा समेत प्रत्यक्ष रुपमा ठूलो असर पर्ने हुनाले नेपालले पनि युद्ध सुरु हुनु पूर्व नै सुरक्षा, खाद्यान्न लगायतका विषयमा सर्तकता र सावधानी अपनाउनु अत्यन्तै जरुरी हुन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv