Latest Updates :

जन्माइसकेपछि आफ्नै बच्चालाई चपाइन् महिलाले....


SHARE THIS POST :


यो दुनियामा कुनै महिला यतिसम्म क्रुर हुनसक्ला, जसले आफैले जन्माएको नवजात शिशुलाई नै खाने प्रयास गर्छ ?

ममतामयी आमाका लागि आफुले जन्माएको बच्चा मुटुकै टुक्रा समान हुन्छ । तर सबै आमाहरु इस्ता कहाँ हुन्छन् र ? अवैध रुपमा जन्माएका बच्चालाई मारेर फ्याँक्ने सम्म आमाहरु भेटिन्छन् । चीनमा भने अझ एक कदम अघि बढ्दै यस्तै आमा फेला परेकी छिन् जसले आफैले जन्माएको नवजात शिशुलाई खानका चपाइन् ।

ली जेंगहुवा नामकी ती महिलालाई गर्भवती अवस्थामै घरपरिवारले घरनिकाला गरेका थिए । उनी सडकमै बसेर गुजारा गरिन् र उनको पेटको बच्चा हुर्किँदै गयो । एक दिन उनलार्य प्रसव पीडा भएपछि स्थानीय मानिसहरुले उनलाई अस्पतालमा पूराए । अस्पतालमा उनले छोरा जन्माइन् ।

ती महिलाको मानसिक अवस्था बिगि्रएको थियो । पुलिस तथा अस्पतालका अधिकारीहरुले पटक पटक सोधखोज गर्दा पनि उनले आफ्नो घर तथा लोग्नेको नाम बताउन सकिनन् र उनलाई तत्कालका लागि अस्पतालमै राखियो । तर एकदिन यस्तो घटना भयो, जसले अस्पतालका नर्स तथा डाक्टरहरुको होसहवास उड्यो ।

आफ्नो बच्चा जन्माएको ४ दिनपछि ती महिलाले आफ्नो डरलाग्दो रुप देखाउन सुरु गरिन् । ती महिला नरभक्षी जस्तै आफ्नो नवजात शिशुलाई चपाउन थालिन् । उनले बच्चाको हातपाखुरा यसरी चपाएकी थिइन् र बच्चा रगताम्य भएको थियो ।

जब ड्युटीमा रहेकी नर्शले यो भयानक दृशय देखिन् त उनी चिच्याइन् र तत्कालै बच्चालाई ती नरभक्षी आमाबाट खोसिन् । आमाबाट चपाइएको बच्चाको उपार भैरहेको छ । मानसिक रोगबाट प्रताडित आमाको पनि उपचार भैरहेको बताइएको छ ।एजेन्सीको सहयोगमा

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv