Latest Updates :

परपुरुषसँग अनैतिक सम्बन्ध राखेको देखे पछी छिमेकीहरुले एक महिलालाई यसरी उमालेको तातो पानी शरीरमा हालेर यातना दियो !


SHARE THIS POST :


इनरुवा, असोज ७ - सुनसरी प्रकाशपुरकी एक महिलालाई परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा छिमेकीहरुले शरिरमा उमालेको तातो पानी हालेर शारिरीक यातना दिएको घटना सार्वजनिक भएको छ ।

प्रकाशपुर ६ घर भएकी ३८ वर्षिया शोभा गिरीलाई छिमेकी अर्जुन गिरी र उनका छोरा भविन्द्र गिरीले शरिरमा तातो पानी खन्याउँदै मरणासन्न हुने गरी कुटेको पीडितले आरोप लगाइएकी छन ।

उनका छिमेकीले गत बुधवार बिहानको समयमा पीडित महिलाकै घरमा त्यस्तो आरोप लगाउँदै शरिरमा पानी खन्याई दिएका हुन ।

पीडित महिला शरिरमा निलडाम र पिल्सिएको घाउ बोकेर कानुनी न्यायका लागी बुधवार जिल्ला प्रहरी कार्यालय इनरुवामा एक दर्जन महिलाअधिकारकर्मीहरुका साथमा उजुरी दिन आए पछि उक्त घटना बाहिर आएको हो ।

आफु माथी छिमेकी अर्जुन गिरी र उनका छोराले मिलेर राती घरमा परपुरुषलाई आश्रय दिई अनैतिक सम्बन्ध राखेको आरोप लगाउदै त्यसो गरेको उनले गुनासो गरिन ।

उनीहरुले यस्ता महिलाले समाज बिर्गाछन भन्दै लाठीले शरिरमा कुटपिट गर्दै तातो पानी खन्याएर अशक्त हुने घाइते बनाएको बताईन ।

उनका पति नन्दलाल गिरीले घरमा भएको गाईलाई नाम्लेको औषधी खुवाउन साथी मोती साहलाई अरहाएर पठाएकाले मोती गत मंगलवार राती आफनै घरमा बास बसेको कारणमा श्रीमतीलाई गलत लाञ्छना लगाउँदै नातामा भाञ्जी ज्वाई पर्नेले तातो पानी खन्याएको बताए ।

घटना भएको एक सातासम्म स्थानीय गाँउलेहरु छिमेकीको कुरा सुनेर असहयोग गर्दै आएकाले समयमा नै उपचार र कानुनी न्यायका लागी प्रहरी समक्ष जान नसकेको बताउँदै पीडित शोभाले डर लागी लागी परिवारका मानिसहरु इनरुवा आएर न्यायका लागी बुधवार इनरुवा आएको बताइन । बर्णमालामा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv