Latest Updates :

जोयाका परिवारसंग जिबन थापा मगर र मामा कामे मगर,जोया र जिबनको बिबाह दर्ता ,नेपाल फिर्ती प्रक्रिया मिलाउन कोर्ट जांदै


SHARE THIS POST :

काठमाडौं २ असोज ।
 जिबन थापा मगर र मामा कामे मगर जोयाका सारा परिवारसंग सौहार्द र सामिप्यताका साथ फिलिपिन्स बागलौर स्थित जोयाका बुबा आमाको घरमा भेटघाट एबम भलाकुसारी भईरहेको छ । यो भेटसंगै आइतबार सबै परिवारले एक साथ चर्चको बरिस्ट पास्टरसंग भेट गरि जोया र जिबनको विबहा एबम विबहा दर्ता, नेपाल फिर्ती प्रक्रिया लगायतका बिषयमा छलफल भएको

जोयाले टेलिफोनमा बताएको छ ।(बाया बाट दोस्रो बरिस्ट पास्टरका साथ पहिले मामा कामेमगर तेस्रो बुबा, जिबन, जोया र आमा छोराहरुकासाथ) बरिस्ट पास्टरले चर्चमा जुनै समयमा पनि आफु जिबन-जोयाको बिबाहा गरिदिन तयार रहेको बताउदै यो मुद्धा अन्तर-रास्ट्रियतासंग सम्बन्ध रहेको हुदा पहिला स्थानीय निकाय र अदालतको नियम र प्रक्रिया बुझ्न अनुरोध गरेको बताएको छ । आज आईतबार सबै सरकारी कार्यालय बिदा रहेको हुदा स्थानीय निकायसम्म पुग्ने काम भने स्थगित भए छ ।

सोमबार स्थानीय निकाय एबम कोर्ट जाने र आबश्यक प्रक्रिया बुझेर चाडो भन्दा चाडो कोर्टमा विबहा गर्ने तथा छोराहरु मिगेल र ईरिकको फिलिपिनी सरकारको नियम बमोजिम उद्धारका समयमा जारि भएको जन्म दर्ता तथा नाता प्रमाणित पत्रमा पारिबारिक नाम (Surname) परिबर्तन गर्न एबम बुबा जिबन थापा मगरको नाम राख्न अनुरोध गर्ने जोयाले बताए । आफ्नो नागरिकले बेबारिसे भई ओभर स्टेई बसी गल्ति गरेको कारण फिलिपिनी सरकारले नेपाल सरकारलाई जरिवाना तिरी बेबारिसे आफ्नो नागरिकको उद्धार गरेको भनि स्थानीय निकाय एबम अध्यागमनमा रेकर्ड रहेको कारण केहि समस्या रहे पनि आफु र मेरो आमाले त्यसबारे नम्र अनुरोधका साथ निबेदन गर्ने एबम नेपालमा भएको र खेपेको मजबुरीबारे प्रस्ट बयान दिएपछी कागजी प्रक्रिया र नेपाल फर्कनका लागि सजिलै सहयोग गर्ने जसको लागि नेपाल जस्तो कठिनाई नरहेको बताएको छ । यसको लागि एक हप्ता देखि बढीमा १५ दिन लाग्ने टेलिफोनमा जोयाले बताए । -श्रोत:इग्लोबन्युज(दुधकोशी मिडिया)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv