Latest Updates :

कट्रिनाले भनिन्, ‘रणवीर एकदमै बनावटी मान्छे’


SHARE THIS POST :


२० भाद्र २०७३, सोमबार
रणवीर कपुर र कट्रिना कैफ केही बर्ष अगाडीसम्म प्रेम सम्बन्धमा थिए । उनीहरूले ‘ब्रेकअप’ पछि पनि एकअर्कालाई बिझ्ने गरी बोलेका थिएनन् । एक अन्तर्वार्तामा रणवीरले भनेका थिए, ‘कट्रिना मेरो जिन्दगीकी प्रेरणादायक महिला हुन् ।’ तर, हालसालै के खबर आएको छ भने उनी कट्रिनाका ‘पर्सनल म्यासेज’ आफ्ना साथीहरूलाई देखाउँदै हिँड्छन् । एक अखबारका अनुसार यही कारण कट्रिना रणवीरसँग रिसाएकी छिन् । केही दिनपहिले रणवीरले एक अन्तर्वार्तामा कट्रिनासँगको आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेका थिए । उनले भनेका थिए, ‘मेरा आमाबुबापछि कट्रिना एकमात्र यस्ती महिला थिइन्, जो मेरो जिन्दगीमा जोडिइन् र मलाई अगाडि बढ्न प्रेरणा दिइन् ।’ कट्रिनाले आफ्ना निकट साथीहरूलाई रणवीर एकदमै बनावटी मान्छे भएको बताउँदै आएकी छिन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv