Latest Updates :

राष्ट्र बैंकले सबै नेपाली नोटमा जनावरका चित्र परिवर्तन गर्ने तयारी गर्दै


SHARE THIS POST :


अहिले राष्ट्र बैंकले १ सय र ५० का नयाँ नोटमा चित्र परिवर्तन गरेर गभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षरमा बजारमा आइसकेका छन्। राष्ट्र बैंकले यी बाहेक १ हजार, ५ सय र २० रूपैयाँको नोटमा भएका जनावरको चित्र पनि परिवर्तन गर्ने भएको छ। यसअघिका नोटमा रहेका जनावर नेपाली हुन् वा होइनन् भन्ने आधिकारिकता पुष्टि नभएपछि राष्ट्र बैंकले सबै नोटमा नेपाली जनावरको चित्र राख्ने कार्य अघि बढाएको हो।
अहिले बजारमा रहेका सबैजसो नोटमा भएका जनावरहरू नेपालका कुन ठाउँका हुन् र किन राखियो भन्ने कुनै आधिकारिकता पुष्टि हुन नसकेको राष्ट्र बैंकले जनाएको छ।
आधिकारिकता पुष्टि नभएकै कारण बैंकले नोटका चित्रहरु परिवर्तन गर्न लागेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सेतोपाटीलाई जानकारी दिए। ‘पूर्वगभर्नर युवराज खतिवडाको पालामा गोपालप्रसाद काफ्लेको अध्यक्षतामा गठित समितिको सुझाव अनुसार नोटमा रहेका जनावरका चित्रहरु परिवर्तन गर्न लागेका हौँ,’ सिवाकोटीले भने। राष्ट्र बैंकमा नोटको डिजाइनका लागि गभर्नरको अध्यक्षतामा एउटा समिति हुन्छ जसमा संस्कृतिविद्, इतिहासविद् र पर्यावरणविद्हरू समेत संलग्न हुन्छन्। जनावर नेपाली हुन वा होइनन् भन्ने बिवाद चल्न थालेपछि पूर्व गभर्नर युवराज खतिवडाले डिजाइन समिति अन्तर्गत तत्कालिन डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको अध्यक्षतामा एउटा उपसमिति गठन गरेका थिए। समितिले नोटमा प्रकाशित जनावरको आधिकारिकताको बारेमा अध्ययन गरेको थियो। साथै कुन नोटमा कुन जनावरको चित्र राख्ने भनेर सुझावसमेत तयार पारेको थियो। बन विभागले विभिन्न जनावरका चित्रहरु राष्ट्र बैंकको उक्त उपसमितिलाई दिएको थियो। उक्त उपसमितिकै सुझावमा अब प्रकाशन हुने नोटमा चित्रहरुको छनोट भएको हो। डेपुटी गभर्नर शिवाकोटीका अनुसार अब एक हजारको नोटमा दुई वटा हात्तीको चित्र हुनेछ। चितवन राष्ट्रिय निकुञ्जमा रहेका जुम्ल्याहा ‘राम लक्ष्मण’ हात्तिको चित्र अब एक हजारको नोटमा हुनेछ। अहिलेसम्म एक हजारको नोटमा भएको हात्ती नेपालको हो वा होइन भन्ने कुनै आधिकारिकता पुष्टी नभएपछि राष्ट्र बैंकले निकुञ्जका जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो। दुई वटा हात्ती रहेको १ हजारको नोट यही महिनामा बजारमा आउने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै पाँच सयको नोटमा पनि दुई वटा बाघको सट्टा एउटा मात्रै बाघ रहनेछ। तर, नयाँ नोटमा बाघको चित्र ठूलो हुनेछ। नेपालकै जंगली बाघ ५ सयको नोटमा राखिने छ। हालै बजारमा आएको १ सयको नयाँ नोटमा २ वटा गैँडाको चित्र देखिन्छ। यसअघि १ सयको नोटमा एउटा गैंडा मात्रै थियो। नयाँ नोटमा अहिले राखिएको गैंडा नेपालको हो। यसअघिको गैंडा पुष्टी नेपालको हो कि होइन यकिन हुन नसकेकाले चित्र परिर्वतन गर्ने निर्णय राष्ट्र बैंकले गरेको हो। पहिलेको गैंडाको अग्रभाग हेर्दा नेपालमा पाइने गैंडा नभएको उप समितिको निष्कर्ष छ। त्यस्तै ५० को नयाँ नोटमा हिमचितुवाको तस्बिरसहित बजारमा आइसकेको छ। यसअघि नोटमा भेडाको चित्र राखिएको थियो। भेडा नेपालमा मात्रै नभई अन्य देशमा पनि प्रशस्त पाइने तर हिमचितुवा लोपोन्मुख जनावर भएकाले जहाँतहीँ पाइँदैन। त्यसैले हिमचितुवाको तस्बिर ५० को नोटमा राखिएको राष्ट्र बैंकको दाबी छ। हालसम्म २० को नोटमा रहेको बाह्र सिंगेको चित्रमा १२ वटा सिङ छैनन्। तर, अब आउने २० को नोटमा १२ वटा सिंङ भएको बाह्रसिङ्गे राखिने भएको छ। १० को नोटमा भने जनावर परिवर्तन हुँदैन।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv