Latest Updates :

बिरामी बालकको नाममा सुरू भयाे घिनलाग्दाे राजनीति : किन हुदैछ यस्ताे ?


SHARE THIS POST :
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७३


बेलबारी। मंगलबार साँझ मोरङको बेलबारी ४ मा रहेको शिक्षा सन्देश इङिलस स्कुलले फेसबुकमा एउटा पोष्ट गर्यो । जुन पोष्टमा बालक सलिम धिमालका लागी बिद्याबारिधी गर्नका लागी अष्ट्रेलिया गएका बिद्यार्थीहरुले पठाएको रकम हस्तान्तरण कार्यक्रममा उपस्थित हुनुका लागी आग्रह गरिएको थियो ।

सोही पोष्टमा बालकको उपचारका लागी स्थानीय स्तरमा रकम संकलन गरिरहेको लालभित्ति युवा समुहको नामबाट कमेन्ट गरियो । बिद्यालयले सो रकम किन सबैलले बिश्वास गरेको आधिकारीक लालभित्ति युवा समुहलाई दिन नसकेको भन्ने प्रश्न सहित कमेण्ट पोष्ट गरेपछि यतिबेला बालक सलिम धिमालको उपचारमा पनि स्वार्थको खेल त भईरहेको छैन भन्ने कुरा प्रष्ट देखिएको छ ।

कसरी हुँदैछ राजनीति ?

बालक सलिम धिमाल बिगत एक महिना देखि ब्रेन टयुमरका कारण भारतको गंगाराम अस्पतालमा उपचाररत रहेका छन । त्यसअघि नेपालमा उपचार गराउँदा सारा सम्पत्ति सकिएपछि उनको परिवारले सामाजिक रुपमा सहयोग गर्न सबैलाई आह्वान गर्यो । सोही अनुसारका समाचारहरु बिभिन्न मिडियामा प्रकाशित भए ।

उनको उपचारका लागी लालभित्ति युवा समुहले सहयोग संकलन गर्न थाल्यो । जुन एकदमै सकरात्मक पनि हो । देश तथा बिदेशबाट रकम संकलन हुन थाल्यो । तर पछिल्लो समय कहाँबाट कति रकम आयो र त्यो रकम कहाँ खर्च भयो र बचेको रकम कहाँ खर्च गरिन्छ भन्ने कुरा स्पष्ट रुपमा बाहिर नआउँदा रकम सहयोग गर्नेहरु समेत अन्यौलमा परेका छन ।

आफनो बिद्यार्थी बिरामी हुँदा बिद्यालयले सहयोग संकलन गर्न र सहयोग गर्नु उसको दायित्व भित्र पर्छ तर हामी आधिकारीक हाँै अरुले यो काम गर्न मिल्दैन भन्नु खासै जायज नहोला । किनकी यसले दाताहरुलाई समेत असर गर्न सक्छ ।

आधिकारीक ब्यत्ति वा संस्था को ?

पछिल्लो समय आधिकारीकताको बहस चलिरहँदा दाता र स्थानीय समेत अन्यौलमा परेका छन । उनको उपचारका लागी सहयोग संकलन गरिरहेको लालभित्ति युवा समुह कुनै पनि सरकारी निकायमा दर्ता भएको पाईएको छैन । उनीहरुले खाता खोल्दा पनि सलिम धिमालको कुनै आफन्तलाई समाबेश नगर्नु र आफनै नाममा खाता खोल्नु कमजोरी देखिन्छ ।

त्यस अर्थमा आधिकारिकता खोज्ने हो भने लालभित्ति युवा समुह सँग पनि उनको उपचारका लागी सहयोग उठाउने कुनै आधिकारीकता देखिदैन । सामाजिक रुपमा उनीहरुले गरेका काम प्रशंसनिय भएपनि कानुनी रुपमा उनीहरु पनि कमजोर देखिन्छन । दोस्रो कुरा उठेको रकम सबै बिरामीलाई नपठाउनु र आफनै खातामा राख्नुले पनि स्थानीयमा आशंका जन्माएको छ ।

अहिले सम्म उनीहरुले ५ लाख रकम पठाएपनि लगभग ७ लाख रकम खातामै देखिन्छ । त्यो रकम किन राखियो र किन पठाईएन यो पनि प्रश्न उठाउने ठाँउ छ । सलिमकी आमाका अनुसार ५ लाख रुपैया पनि उनको हात परेको छैन । त्यो रकम कहाँ र कसरी पठाईयो त्यो पनि स्थानीय अनभिज्ञ नै रहेका छन ।

अबको बिकल्प

अबको बकिल्प भनेको उनको रकम संकलन गर्ने ब्यत्ति वा संस्थाले अहिले सम्मको हिसाब किताब चुस्त र दुरुस्त रुपमा सार्बजनिक गर्नुको बिकल्प छैन । यो वा त्यो भन्दै दोष लगाउनुको सट्टा हिसाब सार्बजनिक गरेर सबैको भ्रम शान्त पार्नु उत्तम बिकलप हो । त्यसैले बिरामी बालकको नाममा राजनीति गर्नुभन्दा पनि उनको स्वास्थ्यलाभको कामना गर्नु उत्तम देखिन्छ । बिरामी बालकको स्वास्थ्य लाभको कामना ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv