भाद्र २३, काठमाडौं ।
सरकारले ६ महिनाभित्र एक सयवटा ठूला बस किन्ने घोषणा गरेको छ । आज व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवस्थालाई प्रभावकारी बनाउन ६ महिनाभित्रै १ सय वटा ठूला बस किनेर विभिन्न शहरमा चलाउने बताए । यी बस काठमाडौं, वीरगञ्ज, विराटनगर, घोराही, बुटवल, पोखरा लगायतका सहरमा सञ्चालन गरिने उनले बताए । ती बसहरु स्थानीय नगरपालिकामार्फत सञ्चालन गर्ने उनको भनाइ थियो ।
प्रचण्डले यातायातमा रहेको सिन्डिकेट अन्त्य गर्ने प्रतिवद्धता पनि जनाए । यसैगरी घोषणामा आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिने उल्लेख छ । काठमाडाैं उपत्यकाका दुई वटा रुटमा एकीकृत सार्वजनिक परिवहन प्रणालीबाट सार्वजनिक यातायात सेवा शुरु गर्ने र उपत्यकाको कम्तिमा एउटा रुटमा सार्वजनिक आयतयातका लागि छुट्टै लेनको व्यवस्था गर्ने पिन सम्बोधनमा छ । मुग्लिन-नारायणगढ सडक खन्डमा आगामी चाडपर्व लक्षित गरी निर्वाध यातायातको व्यवस्था गर्ने अाश्वासन पनि प्रधानमन्त्रीले दिएका छन् ।
Post a Comment