Latest Updates :

जिबन थापा मगरले भनेका उनका बाबाको कारुणिक सत्य कथाले सबैलाई यसरी धरधरी रुवाए


SHARE THIS POST :
बर्तमान राना/भाद्र १६, काठमाडौं । जिबन थापा मगर र जोयाको घटना सम्बन्धि सत्यतथ्य छानबिन गर्न र अन्यायमा परेका जीवन परिवारलाई न्याय दिलाउन नेपाल मगर संघले जब २०७३ साल भाद्र ८ गते नेपाल मगर संघ केन्द्रिय समितिको सचिब एबम विदेश बिभाग प्रमुख रक्षा बहादुर रैका मगरको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बन्यो तब छानबिन समितिले घटनास्थल, सरोकारवाला निकाय लगायतका ठाउ र व्यक्तिसंग सम्पर्क गर्ने आबश्यक सत्य तथ्य जानकारी लिने कार्य जारि रहेको छ । यसै सन्दर्भमा आज जिबन थापा मगर र आमा पूर्ण माया मगरसंग छानबिन समिति संयोजक र सदस्य एबम अध्यक्ष नबिन रोका मगर, महासचिब ज्ञानेन्द्र पुन, निबर्तमान उपाध्यक्ष गङ्गा बहादुर थापामगर लगायतका व्यक्तिहरुसंग बसेर जिबन र उनको आमाबाट जानकारी लिने काम गरियो । प्राय सबै कथा कहानी यो भन्दा अघाडी दुधकोशी मिडियाले प्रकाशन गरेको खबरसंगै मिल्दो जुल्दो थियो । जो हामीले सुनी आएका नै थियौं तर जब जिबनले आफ्नो बुबाको सन्दर्भ निकालेर परिवारको करुनिका सत्य कथा भन्न थाल्यो तब सबैको आखाबाट आशु खस्यो र सबलाई रुन बाध्य बनायो । उसले भनेको कथा जस्ताको तस्तै यस्तो छ जुन सुनेर संभवत नरुने मानिस हुन्न होला -


आमा पूर्ण माया मगरको साथमा जिबन थापा मगर "
मेरो बाबा परिवारको सबैको प्रिय र सबैलाई बराबर माया गर्नु हुन्थ्यो । वहालाई हामि कसरी मजबुत हुने भन्ने कुरामा सार्है चिन्ता थियो । त्यसैले त सोलुबाट धनगडी र त्यहाबाट पनि चितवन सरेका थियौं तर जहा सरे पनि हाम्रो दुख हाम्रो पिडा पनि त्यही सरि रहयो । यसैले वहा बिस २०५९ सालमा दुबईको G4s सेकुरिटी कम्पनीमा रोजगारीको लागि १ लाख ३० हजार म्यान पावरलाई बुझाएर सेकुरिटी कामको लागि दुबई जानुभो । तर दुबाईमा G4s सेकुरिटी कम्पनीले लिने परिक्षामा बुबा फेल हुनुभो र तुरुन्तै नेपाल फर्कनु पर्यो, त्यसले बुबालाई सार्है निरास तुल्यायो । बुबाले फेरी पनि विदेश जाने नै निर्णय गर्नु भो, अत हाम्रो परिवारको नाममा रत्ननगर नगरपालिका- ४, देवालीमा रहेको २ कट्ठा जग्गा ईन्द्र बहादुर थापा क्षेत्रीलाई बन्धकी राजिनामा पास गरि अफगानिस्तान जानका लागि ३ लाख ऋण लियौं ।

 उक्त ऋण लिएको रकम अफगानिस्तान जानका लागि एक म्यान पावरका मान्छे खडक बहादुर बिकलाई बुझायौं । र भिजाको लागि बुबा कुर्न थाल्नु भो । एक महिना, दुइ महिना तिन महिना गरेर बर्ष नै बित्न लाग्यो तर कहिल्यै भिजा नै आएन र १० औं महिना बिते तर काम भएन र पछी काम नहुने बताए । यसले बुबालाई झन् नै चिन्तित र पिडित बनायो । एकातिर जग्गा गयो अर्को तिर पैशा पनि फस्यो । फसेको पैशा पनि उठेन, पछी माग्दा-माग्दा पांच दस हजार उठ्यो, यत्तिकैमा जब त्यो एजेन्ट खडक बहादुर बिक पनि मर्यो भन्ने खबर पायौं । झन् यसले बुबालाई तनाब दियो । एकाएक बुबामा केहि नकारात्मक परिबर्तन देखिन थाल्यो । शाररिक रुपमा केहि कम्जोर पनि हुदै गएको देखे । शरीर र फेस कालो हुदै पनि गएको थियो । जुन हामीले बाहिर बाट सजिलै अनुमान गर्न सक्थ्यौं । एक दिन म झ्यालबाट बुबालाई चियो गरिरेका थिए- ग्लासबाट केहि घटघटी पिउदै हुनुन्थ्यो । मलाई शंका लागेपछी एक छिन पर्खे र बुबा जानुभए पछी म हत्तपत्त गएर ग्लास सुघे गन्ध रक्सीको थियो र कहिल्यै रक्सि पिउनु नहुने बुबाले रक्सि पिएको थाहा पाए पछी मैले आमालाई बुबाले रक्सि पिउनु भएको कुरा भने तर आमाले पत्याउनु भएन । पछिपछि लगातार धेरै पिउनु भए पछी आमा लगायत म र बहिनि सन्जुले बुबालाई धेरै सम्झाए बुझाए ।

 आमाले त गालि नै गर्नु भयो पिट्नु पनि भयो तर बाबाले कहिल्यै हुन्छ नि भन्नु भएन, हुन्न नि भन्नु भएन । सम्झाउदा, बुझाउदा, यानेकि गालि गर्दा समेत सधैं फिस्स हासेर टार्नु भो । हुदा हुदा दिउसै पनि मातिन थाल्नु भो र सम्हाल्नै नसकिने अबस्थामा पुग्नु भो । बहिनि सानै थिईन भने भाई सुरेश अपान्गता र बिरामीका कारण ओछ्यानमा नै दिशा पिशाब सफा गर्नु पर्ने अबस्था थियो । त्यतिकै पनि पिडामा रहेको यो हाम्रो जिबन बुबाको यो हालतले त झन् बहुतै सताईएको थियो । बुबाको सुधारको लागि हामीले रिह्याब सेन्टरमा लाग्यौं र दुइ मिहिना राख्यौं । दुइ महिनामा धेरै सुधार भएपछी भने घर लग्यौं तर दुर्भाग्य, निरास र पिडादायिक कुरा- जुन दिन बुबा रिह्याबबाट फर्कनु भो त्यहि दिन मेरो भाई राजेशको मृत्यु भयो । भाईले मृत्युको लागि बुबालाई नै पर्खेको रहेछ भन्ने लाग्यो । यसले हामि सबै परिवारलाई चिन्तित र दुखित बनायो । बाबा एक दुइ हप्ता त ठिकै थियो तर पछी लुकेर फेरी पनि जाड रक्सि पिउन थाले ।

धेरै सम्झायौं, करायों, बुझायौं अझै पनि हासेर नै टार्नु भयो । म धेरै चिन्तित थिए कसरी बुबालाई सम्झाउन सकिन्छ होला भनेर । आमा पनि त्यतिकै चिन्तित हुनुन्थ्यो । बुबा २०७१ सालको फागुनबाट भने अलि बढी बिरामी पर्नु भो तर बुबाले कहिल्यै पनि मलाई पिडा छ र बिरामी भो भनेर कहिल्यै भन्नु भएको थिएन । बाबालाई हामीले भनेका पनि थियौ उपचार गरौ बाबा भनेर तर बुबा भन्नु हुन्थ्यो मलाई केहि पनि भएको छैन चिन्ता नलेउ भन्नु हुन्थ्यो । एक दिन २०७२ को ज्येस्ठ महिनाको २३ गते साँझ म, बुबा, बहिनि संजु आमा, जोया, मिगेल हामि सबै एकै ठाउँमा बसेर खान खादै थियौं । बुबा खाना खादा खादै अचानक बाहिर जानु भो । ढिलो गरे पछी बहिनि सन्जुलाई हेर्न पठायौं ।

 सन्जु दौड्दै आएर बाबाले ब्लड नै बमिटिंग गरेको सुनायो, हामि हत्तपत्त बाहिर बाबा भएको ठाउमा गयौ, बाबा आफुले बमिटिंग गरेको एक बाल्टी भन्दा बढी ब्लड हामीले देख्छ भनेर माटोले छोप्दै हुनुन्थ्यो । त्यो देखेर म त्यहि नै बसेर बुबालाई हेर्दै बेस्सरी रुए किनकि मैले मेरो बुबालाई निकै पिडा भएको त्यस्खेर मात्र थाहा पाएँ, महसुस गरे । मैले आफुलाई कन्ट्रोल नै गर्न सकिन, केहि भन्न पनि सकिन बुबालाई । यस अघि पनि यस्तो भएको आंकलन गरे किनकि बुबा यसरीनै कयौं चोटी निक्लनु भएको थियो । म रुएको देखेपछी बुबा एकाएक निलो भएर बेहोश ह्नुभो । मैले बाबा भन्दै बोलाए बोल्नु भएन । त्यस पछी त सबै रुन थाले । मैले रुदै मेरो एक साथीलाई फोन गरे र बाबा बिरामी भएकोले सहयोग गर्न अनुरोध गरे ।एक साथीलाई मेरो ल्यापटप दिए र अलि पैशा लिए, आमासंग पनि रहेको पेशा जम्मा गर्यौं र बुबालाई ट्याक्सीमा राखेर नजिकको क्लिनिक लाग्यौ तर क्लिनिकले राख्न मानेन । त्यसपछि नारायणी सामुदायिक अस्पताल लाग्यौं । त्यहा पनि भर्ना गर्न नमानेपछी फेरी भरतपुर चितवन मेडिकल लाग्यौं ।

त्यहा पनि हेरी सके पश्चात जन्डिसको अन्तिम अबस्था भएको र त्यहा उपचार हुन नसक्ने र काठमाडौं लान सिफारिस गरियो । करिब त्यहा १० घण्टा मेडिकलमा राखेपछि हामीले एम्बुलेन्समा काठमाडौं ल्याई चाबहिल स्थित हेल्पिंग हेन्डमा भर्ना गर्यौं । काठमाडौं ल्याउदा सम्म बुबा बेहोस नै हुनुन्थ्यो । बोल्न सक्नु हुन्नथ्यो र भर्ना गर्ने बित्तिकै बुबालाई आई सियु मा राखियो । १८ दिन अईसियुमा राखेपश्चात केहि सुधार देखियो र होश पनि खुल्यो । त्यसपछि बुबालाई नर्मल बेडमा सारियो । म खुशी थिए अब बुबा बाच्नुहुन्छ भन्नेमा म ढुक्क पनि थिए तर एक दिन सम्भवत म छोरा हो भनेर थाह नपाएर हुन् सक्छ- उनीहरुले कुरा गर्दागर्दै एक आपसमा भने- मर्नु भन्दा अघाडी बेहोश मानिसको होश खुल्छ भनेर । यसले अलि अलि सान्त्वना मिलेको मनलाई झन् बढी चिन्तित बनायो । अब केहि भै हाल्यो भने के गर्ने होला भनेर चिन्ताले बेस्कन सतायो । म बुबा संगै बस्थे र कुरा गर्थे । बुबा कस्तो छ तपाईलाई भनेर सोध्थे ।

 बुबाले भन्नु हुन्थ्यो चिन्ता नगर म निको हुन्छु भन्नु हुन्थ्यो । यता मात्र बुबा मात्र होइन उता जोया पनि प्रेगनेंट थियो र डाक्टरले यहि हप्ता दस दिन भित्र बच्चा जन्मने समय दिएको थियो । म अत्यान्त तनाबमा थिए, के गर्ने के नगर्ने दिमागले काम गर्न पनि छोडिरहेको थियो, उता आमा पनि चिन्तित नै हुनुन्थ्यो । अन्तत जोयाले २०७२ को असार २१ गते दोस्रो सन्तानको रुपमा चितवन मेडिकल कलेजमा एरिकलाई जन्म दियो । भने उपचारकै क्रममा साउनको ५ गते हाम्रो परिवारले बुबा गुमाउनु पर्यो, बुबाले हामि सबै परिवारलाई छोडेर जानुभो । मलाई लाग्थ्यो यो सपना होला जस्तो तर सत्य नै थियो । म धेरै रोए, आमा पनि रुनुभो तर रुएर के नै पो हुन सक्थ्यो र ? बुबालाई त गुमायौं नै त्योसंगै उपचारमा अलिअलि भएको पैशा पनि सिद्धिसकेको थियो । काठमाडौंमा रहेको नातेदार मगर दाजुभाईले धेरै सहयोग गर्नु भयो ।

 त्यहि सहयोगले बुबाको दाहसस्कार पशुपतिनाथमा गर्यौं र कालोपुलमा क्रियापुत्री घरमा १२ दिन हामि आमा छोरा कुरीमा बस्यौं । बाबाको काजक्रिया २०७२ को साउन १७ गते त्यहि क्रियापुत्री घरमा सक्यौं र भोलिपल्ट आमाछोरा निरास भएर चितवन फर्कियौं । सपना थियो बुबालाई सन्चो बनाएर हामि तिन जना फर्कने तर बुबा इश्वरको प्यारो भयो .....र म र आमा मात्र फर्कियौं यस्तो अबस्थामा पनि मलाई साथदिने जोयाले मलाई छोड्छ र ? जिंबनले भने ....." हामि छानबिन समितिका सदस्यहरु अधिबक्ता ईन्धिरा श्रीसमगर, नेमसंघ कोषाध्यक्ष कमला थापा मगर, राजेन्द्र थापा मगर, म लगायत मामा-माईजु कामे मगर, वारीपरि थियौं, जिबन लग भाग ५ मिनेट रुई नै रहयो, सबैको अनुहार र आँखामा हेर्यौं सबै आँशु पुछ्दै थियौं ....लगभग १० मिनेट कोहि पनि बोल्न सक्ने स्थिति भएन ..मैले त्यहाँ जति कारुणिक र पिडा देखे महसुस गरे त्यो शब्दमा यहा उतार्न सकिन ..

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv