Latest Updates :

मध्यरातमा पिसाब फेर्न निस्किएका सन्दीपको ओछ्यान र कोठा फेरिँदा ज्यान जोगियो


SHARE THIS POST :
लाइट नेपाल

लेखनाथ, २४ भदौ | एउटै कोठामा सुतेका सानिमाहरु, मामा र सानिमाका छोरालाई पहिरोले पुर्यो । उनी भने बाँचे । मध्यरातमा पिसाब फेर्न निस्केपछि उनले विस्तारा र कोठा पनि फेरेका थिए, त्यही कारण उनको ज्यान बाँच्यो । अरु चारजना सुतिरहेकै ठाउँमा पुरिँदा कहिल्यै नब्युँझने गरी चिरनिद्रामा परे।

कास्कीको लेखनाथमा बुधबार रातिको पहिरोबाट बाँचेका ८ वर्षीय बालक सन्दीप सुनार पहिरोस्थलमा पुग्दा बिहान आफ्ना सानीमा, मामा र भाइ पुरिएको ठाउँ नियालिरहेका थिए । ‘म पनि त्यही ममीसँग सुतेको थिएँ’, उनले पहिरोले पुरिएको कोठा देखाउँदै भने । राति पिसाब लागेर बाहिर निस्केपछि आमा ९हजुरआमा० भएको भान्छाकोठामा सुत्न गएकाले बाँचेको उनले सुुनाए।

भारी वर्षापछि खरानेफाँट छेवैको पैते बस्तीकी चन्द्रकला विकको घरपछाडिको ढिस्को खस्दा उनका २ छोरी र २ नातिको ज्यान गयो । नाति सन्दीप भने बाँचे । सन्दीपकी आमा कविता र सानिमा १० वर्षे सविना घाइते भइन् । ब्लकले बनेको घरको गारो पछाडिपट्टिबाट खसेको ढिस्कोले भत्काएर भित्र सुतिरहेकालाई पुरेको थियो । भित्तापट्टि सुतेका हुनाले चन्द्रकलाका दुई छोरी रजिना ९९० र अन्जिला ९७०, नाति निशान ९१४०र सलमान ९३० पुरिए।

छेउपट्टि कविता र उनका छोरा सन्दीप थिए । राति ११ बजे खसेको ढिस्कोका ढुंगामाटाले टाउकोमा चोट लाग्नासाथै कविता बाहिर निस्किएर बाँच्न सफल भइन् । सन्दीप भने त्यसअघि नै पिसाब फेर्न चर्पी गएपछि अर्को कोठामा सुतिरहेकी हजुरआमासँग गएका थिए । कविता र सविनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

एक्कासि के भो के भो गुरर गर्‍यो । हजुरआमा (चन्द्रकली विक) लाई के भएको हो आमा भनेपछि उनले बत्ती बाल्दा कोठामा ढुंगामाटोको थुप्रो लागिसकेको थियो, सन्दीपले सुनाए । छोरी, छोरा र नातिहरु बितेपछि चन्द्रकली विक्षिप्त बनेकी छन् । छोरीको छोरा सलमान तामाङ हजुरआमासँग जान्छु भनी बुधबारमात्रै पछि लागेर आएका थिए । बिहीबार उनी सबैभन्दा बढी उही नाति सम्झेर धर्किरहेकी थिइन्।

भक्कानिएकी हजुरआमा चन्द्रकलीलाई आमा नरुनोस् भन्दै पनि सन्दीपै थिए । कास्कीको दाङसिङ घर भएका सन्दीप मामा घरमा बसेर पढ्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी गजुसिद्धि बज्रचार्यका अनुसार ढिस्कोले चन्द्रकली विकको घर पुरेको खबर आउनासाथ उद्धारका लागि प्रहरी पुगेको थियो।

घरमा ९ जना सुतेका थिए । भान्छा कोठामा सुतेकी चन्द्रकली, नाति सन्दीप सुनार र एक छोरी निशा भने सकुशल छन् । पहिरोले भान्छा कोठामा समेत असर गरे पनि उनीहरु बाँच्न सफल भएका हुन् । पहिरो गएलगत्तै भान्छा कोठामा थुनिएका उनीहरुलाई स्थानीयले झ्याल फोडी उद्धार गरेका थिए । पुरिएकाहरुको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगेको स्थानीय खुसीमाया नेपालीले जानकारी दिइन्।

बिजुली समेत निभेको रातको समयमा बच्चाहरु निदाएको बेलामा पुरिएको हुँदा अभिभावकले बच्चालाई उद्धार गर्न समेत नभ्याएको स्थानीयले बताए । भारी वर्षापछि राति करिब दस बजेसम्म स्थानीयले बस्तीमा आएको भलपानी कटाउने काम गरेको स्थानीय सानु सार्कीले बताइन् । १७ गते परेको भीषण वर्षाले त्यहाँका केही घरमा क्षती पु¥याएकाले गाउँले सचेत हुँदाहुँदै यस्तो घट्ना घटेकोमा उनी दुखी छन् । पहिरोले खरानी फाँटका १३ घरमा क्षति पुगेको स्थानीयले बताएका छन्।

यसैगरी, बुधबार राति परेको भीषण वर्षाले कास्की जिल्लाको कालिका गाविस ६ सुनपा देवी मा गएको पहिरोले दुई तले पक्की घर भत्कँदा घर धनी ५७ वर्षीय बोधराज तिमिल्सिना र उनकी श्रीमती वर्ष ४५ की भीमादेवी तिमिल्सिना घाइते भएका छन् । प्रहरीले उद्धार गरी उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।

पहिरोमा परी तिमिल्सिनाका दुई भैंसी मरेको र एउटा स्कुटर पुरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बज्राचार्यले जानकारी दिए । पोखराको अर्मलामा गएको पहिरोले स्थानीय देउबहादुर नेपालीको घर भत्कँदा उनि घाइते भएका छन् । ६२ वर्षीय नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको अन्नपूर्ण पोस्टमा खबर छ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv