Latest Updates :

मध्यरातमा ६ दिनको छोरालाई छाडेर कता बेपत्ता भइन दिलकुमारी बुढामगर ?


SHARE THIS POST :


रोल्पा : छ दिनको दुधे बालकलाई छोडेर रोल्पामा एक सुत्केरी आमा वेपत्ता भएकी छिन्। अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालेको छ दिनमै कोर्चाबाङ ४ घापाकी दिलकुमारी बुढामगर गायब भएकी हुन्। छोरासँगै सुतेकी दिलकुमारी एकाएक वेपत्ता भएपछि पति दिनेश बुढामगर हैरान भएका छन्। दिनेशका अनुसार उनकी पत्नी दिलकुमारी भदौ १८ गतेको मध्यरातदेखि हराइरहेकीछिन्। प्रसूतिका लागि गृह जिल्लाबाट दाङ झरेका दिलकुमारी सौडियार १ अघरामा बसोबास गर्दै आएका जेठाजुको घरबाट हराएकी हुन्। ‘कान्छा, घर जाम भन्दा मानेनौ । मलाई नखोज । मेरो उपचार गर्नुभन्दा
नगर्नु नै बेस छ । भाई (छोरा) लगेर राम्रोसँग पाल । कान्छी (नन्द) लाई राम्रोसँग पढाउनू ।’, दिलकुमारीले पतिको मोबाईलमा यसरी एसएमएस लेखेर छाडेकीछिन् । भदौ १८ गते राति १२ : ०९ बजे म्यासेज पठाइएको छ । सन्देश छाडेर उनले मोबाईल पनि कोठामै छाडेकीछिन्। छोरा रोएपछि पती दिनेश व्यूँझिएको बताउँछन्। ‘म ब्यूझँदा रातको पौने एक बजेको थियो । राति करिब १० बजेसँगै सुतेकी पत्नी म ब्यूझदा सँगै थिईनन् ।’, दिनेश भन्छन, ‘शौचालय गएकीछिन कि भनेर खोज्न गएँ, भेटाईन । त्यसपछि घरको वरीपरी मोबाईलको बत्ति बालेर हेरें देखिनं ।’ कतैपनि नदेखेपछि भाउजुलाई उठाएको वताउँछन । छिमेकी समेतलाई बोलाएर मध्यरातमा गाउँभरी खोज्दा पनि फेला पार्न नसकेको परिवार बताउँछ । सदरमुकाम लिबाङ स्थित रोल्पा समाचार साप्ताहिकको अफसेट प्रेसमा काम गर्दै आएका उनीहरु सुत्केरी व्याथा लागेपछि जिल्ला अस्पताल रेउघा पुगेका थिए । प्रकाशक मानसिंह विकका अनुसार ११ भदौमा अस्पताल पुगेका उनीहरुको यहीं प्रसूति हुन नसक्ने भएपछि दिनेश र दिलकुमारी दाङ घोराही स्थित महेन्द्र उपक्षेत्रीय अस्पतालमा पुगेका थिए । भदौ १३ गते साँझ पौने ६ बजे शल्यक्रियाद्वारा बच्चा निकालिएको अस्पतालको रेकर्डमा उल्लेख छ।
आमाको शल्यक्रिया भएको र छोरालाई जण्डिस देखिएकाले दम्पत्ति १७ भदौसम्म अस्पालमै रहेका थिए । ‘छोरालाई धेरै विसन्चो भएपछि उनीहरु भैरहवा मेडिकल कलेजमा पुगे ।’ मानसिंह भन्छन, ‘बच्चाको जाँचपड्तालपछि सामान्य अवस्था रहेको र भर्ना गर्न आवश्य नभएपछि उनीहरु १८ भदौमै घोराही फर्किएका थिए ।’ भैरहवाबाट गृह जिल्ला फर्किनुपर्ने दिलकुमारीले पतिलाई भनेकी थिईन । तर, दिनेशले शल्यक्रिया गरेको पत्नीको घाउ पुरै सन्चो नभएको र छोरा पनि बिरामी भएको भन्दै केही दिन अघरामा रहेका दाजुको घर बस्ने गरी लिएर गएका थिए । ‘घोराही आएपछि उनले घर जाने भनेकी थिइन् ।’ दिनेश भन्छन, ‘घाउमा समस्य आउन सक्छ । छोरालाई जण्डिस झन बल्झिन सक्छ । त्यसो भयो भने फेरी यहीं आउनुपर्छ भनेर सम्झाएको थिएँ ।’ दिनेश भन्छन । हराएको भोलीपल्ट घोराहीको प्रहरी कार्यालय, रोल्पाको जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । परिवार, आफन्तले सबैतिर खोजविन गरेपनि अझै फेला पार्न सकेका छैनन्। फेला नपरेपछि परिवारले धामी झाँक्रीकोमा समेत हेराउन पुगेका छन । बच्चाको अवस्था भने राम्रो छ । छोरालाई भैंसीको दुध खुवाएर राखिएको छ । शल्यक्रिया गरेको घाउ अनि छ दिनको बिरामी छोरा छोडेर उनी किन हराईन भन्ने खुलेको छैन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv