Latest Updates :

जिबन थापा मगरलाई गैरकानुनी ढंगले आदर्श गृह संस्थाको ठाडो निर्देशनमा २८ दिन जेल राखेको खुलासा


SHARE THIS POST :

वर्तमान राना/भाद्र २४, काठमाडौं । संविधानप्रदत्त मौलिक अधिकार र विभिन्न समयमा सर्वोच्च अदालतका आदेशद्वारा स्थापित नजिरको अवज्ञा गर्दै चितवन जिल्ला प्रहरी कार्यालयले आदर्श गृहको निर्देशनमा जिबन मगरलाई अदालतमा उपस्थिति नै नगरी २८ दिनसम्म गैर कानुनि ढंगले हिरासतमा राखेको खुलेको छ । नेपाल सरकारको कानुनबमोजिम पक्राउ परेका दोषी वा आरोपितलाई २५ दिनभित्रै मुद्दा चलाउनुपर्ने एबम २४ घण्टा भित्र अदालत सामु उपस्थित गराई कारणसहित अनुसन्धानको म्याद थप्नु पर्ने व्यवस्था छ । उनलाई नेपालको संविधानबमोजिम २४ घन्टाभित्र अदालतमा हाजिर गराइएको समेत छैन । अनुसन्धान हाजिरी पुस्तिकामा प्रत्येक दिन ल्याईएको जनाईएको र सो कुरा हाजिरिमा हस्ताक्षार गराउने क्रममा जीवनले थाहा पाएको दुधकोशी मिडियालाई बताएको छ ।
साथै मानब अधिकारबादीको अनुगमनको समयमा मगरलाई एसपी कार्यकक्षमा लगि मानब अधिकारबादीको अनुगमनलाई छक्याईएको पाईएको छ । मगरलाई २०७२ साल बैशाख २४ गते कोठामा सुतिरहेको बखत बिहान प्रहरीले कोठैबाट पक्रेको थियो । तर सोहि दिन चितवन प्रहरी कार्यालयको बाहिर रहेको बिश्राम स्थलबाट मगर जेल पर्ने डरले भागेको थियो । किन भागेको भन्ने प्रश्नमा जोया पनि गैर कानुनि रुपमा यहाँ बसेको र त्यसको लागि तिमि नै प्रमुख कारण रहेको तिमीहरुको कुनै कागजात नरहेकोले कानुन अनुसार तिमिहरु जेल जान सक्छ भन्ने सुनेपछी जेल पर्ने दरले भागेको बताए ।

लगत्तै त्यसको २ दिन पछी चितवन जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भए लगत्तै हिरासतमा लिएर एक महिला प्रहरीले झापड, मुक्का र बाँसको भाटाले करिब ५/६ मिनेट घोप्टो परेर कुटेको र यातना दिएको पाईएको छ । सोहि दिनको पिटाईको कारण अझै पनि मगरको दुइ बंगाराबाट पिप बगिरहेको छ । उनलाई २०७२ साल बैशाख २६ गतेदेखि ज्येष्ठ २३ गते आइतबारसम्म हिरासतमा राखेको पाईएको छ । जिबन मगरलाई कुनै अभियोगबिनै यतिका दिनसम्म आदर्श गृहको निर्देशनमा हिरासतमा राख्नु गम्भीर गैरकानुनी काम भएको खुल्न आएको छ । जोया लगायत दुइ सन्तानको जन्म दर्ता, विबहा दर्ता लगायत नाता प्रमाण पत्र निर्माणको लागि भन्दै यति लामो समय हिरासतमा लिएको एक प्रहरीले बताए पनि यति लामो किन हिरासतमा राखियो भन्ने प्रश्न यो माथिको आदेश भन्ने ऊत्तर आएको छ । साथै जोया र नेपाली दुई सन्तानलाई देशबाट पठाउदै गर्दा उनिहरुसंग नाता प्रमाणित पत्र, जन्म दर्ता लगायत विबहा दर्ता जस्ता कुनै कागजात नरहेको फिलिपिन्स कन्सुलरका कार्यालयका प्रशासकीय अधिकृत अनु प्रधानले बताउनु भएको छ ।

जिबन थापा मगरलाई हिरासतमा राख्नु पुर्बनै आबश्यक कागजातका लागि चाहिने सक्कली कागजातहरु- जिबनको नागरिकता, पासपोर्ट, जिबनको आमा र बुबाको नागरिकता एबम कंचनपुरबाट बनाई ल्याईएको बसाईसराईका कागजात आदर्श गृहलाई बुझाई सकेको पाईएको छ । यो खबर तयारी गरिरहदा आमा पूर्ण माया मगर र मामा कामे मगर उक्त कागजात लिनको लागि चितवन प्रहरी कार्यालयमा पुगिसकेको र कागजात हात लागिसकेको नेपाल मगर संघ जिल्ला कार्य समिति चितवनका सचिब ठाकुर सिं आलेमगरले दुधकोशी मिडियालाई बताउनु भएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv