Latest Updates :

साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र, म बाचेर आउन पाउ । सबैले सेयर गरेर सरकारलाई दबाब दिनैपर्छ , पछि नहटनुस


SHARE THIS POST :


साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र, म बाचेर आउन पाउ ।
सुसन आचार्य , युएई, सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार । म एउटा समान्य कुल्ली हाल साउदिको हायल सेन्टर जेल बाट । प्रधानमन्त्री ज्यु मलाइ खासै लेख्न त मन केहि थिएन तैपनि अन्तिम आशा लिएर आफ्नो वेदना तपाई सामु राख्दैछु । हुनत यो पत्र तपाईंले पढ्नु हुन्न भन्ने मलाई जानकारी छ तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्ने छन । कहिले युद्ध ,कहिले बन्द ,त कहिले को हडताल को चपेटामा परि स्वदेश मा आफुले ऋण गरेरै भयनी किनेको त्यै एउटा मिनिबस समेत चलाउन नसक्ने अवस्था भय पछी फ़ेरि भयको जमीन समेत धितो राखेर साउदिको खाडिमा कुल्ली बन्न आयको म अभागी लाइ यस्तो दिन लाग्छ भन्ने के थाहा मन्त्री ज्यु ।
यहा आयको केहि दिन सम्म त काम र माम को कुनै ठेगाना भयन तर केहि दिन पछी भने नेपाल मा गरियको करार नाम भन्दा फरक भय पनि साउदिकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पायको थिय सायद मेरो लागी त्यो काम नै अभिसाप थियो होला । मन्त्री ज्यु काम त जसो तसो चल्दै थियो मेरो तर यसरी दैब नै म माथी खनिय पछी मेरो केहि लागेन ।कम्पनी बाट सिमेन्ट लोड गरि कम्पनी कै पार्किङ मा राखेको मैले चलाउने माहबाहक ट्रकमा पाकिस्तानी नागरिक चढी आयको कार आपसमा ठोकिदा कारमा सवार पाकिस्तानी को घटना स्थल मै मिर्तु हुनु नै मेरो लागी सबैभन्दा ठुलो अभिसाप बन्यो । अरुको देस अरुकै सासन अरुकै कानुन म एउटा सामन्य कुल्ली मैले बोलेको कस्ले सुन्ने त्यहा । भन्नेले त घरदेस सम्म पनि रक्सी खायर गाडी चलायको भन्ने गलत सन्देश गाउ गाउ मा भनि सकेका रहेछन तर कठै साउदिको ठाउ त्यो पनि गाडी चलाउने ड्राइभर कसरी खाने कसरी चलाउने …?
केहि ज्ञान त मलाई पनि थियो बिदेशी भुमिको ठाउ रक्सी खायर सबारी चलाउदा कस्तो स्थिति हुन्छ भन्ने र म सजक पनि थिय तर आफ्नो दिनै बिगृय पछी कस्लाइ दोस दिनु ।
पार्किङ मा दुर्घटना भय पस्चात पाकिस्तानि र अन्य धेरै मानिसको बाक्लो भिड थियो ।यतिकैमा मलाई योजनाबद्द रूपमा फसाउन केहि पाकिस्तानी हरु मिलेर मैले चलाउने गा डि भित्र बियर का खाली बोतल समेत हाल्दियछ्न जुन प्रहरी ले खोजी गर्दा फेला पार्यो । देख्ने र भन्नेलाइ त रमिता भयो तर मैले आसुको भेल बगाइ हप्ता दिन सम्म खाना नखाइ आफ्नो देस परिवार र आफन्त सम्झियर त्यो कालो कोठरी मा रोयको कुरा कस्लाइ के था । मन्त्री ज्यु हो म धेरै नराम्रो सङ फसे यो खाडिमा काम गर्न कम्पनीले बिमा समेत गरेको रहेनछ जुन कुरा मैले म जेल परेको २१ दिन पछी कम्पनी को मालिक आयर मेरो केस सरकार को नामम गरे पछी थाहा पाय । साउदिको कानुन कठोर र कुर भन्ने जानकारी मलाई पहिलै थियो मन्त्रीज्यु त्यसैले मैले बाच्ने आसा मारेर दिन रात रुन बिवस भय ।
समय पनि बित्दै गयो मलाई थुनामा राखेको २१ महिना पछी लामो सम्पर्क र खोजी गर्दा बल्ल बल्ल मिर्तक का आफन्त सम्पर्कमा आय र उनीहरुको माग अनुसार मलाई साउदिको बिसेस अदालत ले मिर्तक का परिवार लाइ छेतिपुर्ती का लागी साउदी रियल( ३ लाख )झण्डै नेपाली (९०)लाख को फैसला सुनायो र समय केहि महिना थप गरि पुन थुनामा पठायो । मन्त्रीज्यु म एउटा समान्य गरिब किसान को छोरा उसैमाथी स्वदेश को ऋण र भुकम्प पीडित कसरी तिरौ यत्रो रकम त्यसैले मन मनै अब नेपाल फर्कन नसक्ने कुरा सोच्न बिवस भय ।
मलाई सतायो परिवार अनि ति साना नानिहरुको मायाले जस्लाइ मैले राम्रो सङ खेलाउन समेत पायको छैन । हुनत अब आसा पनि कता बाट गरौ सहयोग मागौ थोरै पैसा हैन सरकार को आसा गरौ भने मन्त्री ज्यु को कार्यलय मै बिन्तिपत्र आउदा समेत कुनै वास्ता भयन अब दूतावास को त के आसा गरौ र म भेट्न् र बुझ्न समेत आउन मान्दैन न त फोन नै उठाउछ समयमै । सायद आज अफ्गानिस्तान को जेल मा भयको भय सरकार ले पक्कै पनि छुटाउथ्यो होला मलाई पनि तर म ता खाडिको जेल मा न परे ।


 मलाई ठुलो आसा थियो र अझै केहि बाकी छ मन्त्री ज्यु तपाईं को नाम म जेल भित्र रहदा पनि धेरै सुन्छु विभिन्न मिडिया बाट तपाईं झुक्दै नझुक्ने नेपाल को छोरा रास्ट्रप्रेमी जस्ले अफ्गान मा मारियका १२ नेपाली को लास केहि घन्टा मै नेपाल झिकायको थियो । तर म मरेर हैन मन्त्री ज्यु जिउदै नेपाल फर्कन चाहान्छु मेरा बाल बच्चा लाइ म दुखै गरेर भयनी केहि पढाउन चाहान्छु। बिन्ती गर्छु मन्त्री ज्यु मलाई बचाउनु होस। सास भय सम्म आस भनेझै मलाई कता कता थोरौ भयनी आसा छ मन्त्री ज्यु बाचेरै स्वदेश फरकने अनि दुख सुख गाउ घरमा गरेरै भयनी परिवार सङ रमाउने ।
कठै कस्ता अभागी रहेछौ मन्त्री ज्यु हामी आज अल्पाआयु मै बिदेशी भुमिमा फासिमा चडनु पर्न कस्तो कर्म हाम्रो ।आज यहा म जस्ता सयौ पीडित छन माननिय मन्त्री ज्यु म ता एउटा ठुलो चोट परेको मात्रै देखियको छु । कस्ले सुन्ने यहा, हामीले पसिना बेचेर पालेको दूतावास मात्रै कमाई खाने थलो बनायका छन न कहिलै हाम्रो पिडा सुन्न आउछन त न कहिलै सहयोग त्यसैले बिडम्बना आज सरकार पनि कहिले आउला रातो बाकस र सलामी दिउला भनि कुरेर बसेको छ ।तर मन्त्री ज्यु मलाई हजुर प्रति आसा छ यदि हजुर साच्चै नेपाल र नेपाली प्रति उत्तरदायी हुनु हुन्छ भने यि र यस्ता समस्यामा पक्कै ध्यान दिनु हुनेछ ।
अन्तमा :अब मेरो नेपाल फर्कन रहर पुरा होला नहोला म भन्न सक्दिन तर मन्त्री ज्यु म जस्तै अरु युवाले आफ्नो प्राणको भिख यसरी खाडिमा आएर यो काल कोठरी बाट माग्नु नपरोस तपाईंहरुको राजनीतिक खिचातानी बन्द होस र युवाहरुले स्वदेश मै रोजगारी गर्न मौका पाउन । म मरेर गएपनी मेरो देस नेपाल बाची रहोस भन्दै मेरो एउटा मात्रै इच्छा जन्म भुमिमा टेक्ने भएको हुदा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी तथा नेपाल सरकार सङ यो अन्तिम पत्र पेस गर्दै बिदा हुन्छु धन्यवाद ।

(उहि अभागी :रामचन्द्र तिमल्सिना कालकोठरी बाट ,हाल साउदी हायल सेन्टर जेल बाट ।)

SHARE THIS POST :

+ comments + 1 comments

15 September 2016 at 21:40

नेपालमा सामान्य मानिने अपराध बलात्कार , चोरि डकैति,कुटपिट, माधक पदार्थ सेवन जस्ता अपराधको सजाय भोग्नु पर्छ भन्ने कुरा नेपालिलाइ थाहा नभएकै कारण नेपालिले बिदेशमा त्यहि ब्यवहार दोहोराउदा सजाय भोग्नु परेको हो।

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv