Latest Updates :

पोखरामा यसरी जमिन भासियो, स्थानीय निकै त्रसित


SHARE THIS POST :

हाम्रो देश डट कम – १९ भदौ, पोखरा । केही दिनदेखि परेको अविरल वषर्ाका कारण पोखराको मुख्य व्यापारिक क्षेत्र चिप्लेढुङ्गा नजिकै जमिन भासिएको छ । चिप्लेढुङ्गा भन्दा उत्तरतर्फ पन्थी गल्लीबाट पराजुली मार्ग जाने बाटोमा पर्ने राधाकृष्ण रौनियारको टहरा भएको स्थानमा जमिन भासिएको हो । जसका कारण दुई वटा सटरमा क्षति पुगेको छ ।

जमिन भासिँदा सटर मुनीको भागमा करीब १० फिट गहिरो भ्वाङ परेको छ र ओडार जस्तो बनेको छ । दुई मध्ये एउटा सटरका सबै सामान अन्य सारिएको छ । सटरमा बस्न सक्ने अवस्था समेत नभएपछि सामान अन्यत्रै सारिएको रौनियारले बताए । उक्त जग्गा रौनियारले ५ वर्षअघि स्थानिय रामजीप्रसाद कोइरालाबाट प्रति हात ११ लाखको दरले किनेका थिए । उक्त क्षेत्र पहिले खेत भएको र पछि व्यापारिक प्रयोजनका लागि सटर बनाइएको छ ।

रौनियारको सटरकै आडैमा रहेको प्रेमप्रसाद अधिकारीको चार तले घर पनि जोखिममा परेको छ । भ्वाङ ठूलै परेपछि प्रहरीले त्यस क्षेत्रको बाटोमा आवतजावतमा रोक लगाएको छ । जमिन भासिने क्रम अहिले पनि जारी छ । जमिन भासिने क्रम नरोकिएपछि स्थानीय त्रसित बनेका छन् । प्रहरीले स्थानियलाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

पोखरामा पानीको निकास नहुने ठाउँमा यसअघि पनि पटक/पटक जमिने भासिने गरेको थियो । यद्यपि अहिले भासिएको ठाउँ पानीको निकास भएको ठाउँ हो

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv